आज २०७४ असोज १९ गते बिहिवारको राशिफल

आज २०७४ साल असोज १९ गते बिहिवार,
तदअनुसार अक्टोबर ५, २०१७
तपाइको आज
मेष: हिम्मतले काम लिदा कामहरु सफल हुनेछन । योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सफल हुनेछन । रमाइलो यात्रा हुनेछ ।

वृष: सोचे भन्दा आम्दानी धेरै हुनेछ । अध्ययनतर्फ सामान्य ज्ञान लिन पनि निकै मेहनत गर्नुपर्ला । परिवारजनबाट टाढिनुपर्ला ।

मिथुन: व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । काममा नयाँ जिम्मेवारी पाइनेछ ।

कर्कट: ब्यापार ब्यबसायबाट विशेष फाइदा हुनेछ ।साझेदारीबाट सोचेभन्दा बढी नै लाभ हुने योग छ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

सिंह: काममा विभिन्न अवसरले पछ्याउनेछन । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

कन्या: अरूका काममा समय बित्न सक्छ । प्रयास गर्दा केही काम बन्नेछन । सहयोगीहरूले साथ दिंदा काममा सफलता मिल्नेछ ।

तुला: पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । अरुले तपाइलाई सहयोग गर्ने तत्परता देखाउनेछन ।

वृश्चिक: प्रयासहरु सकारात्मक रहनेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साथीभाईसंग रमाइलो भेटघाट हुनेछ भने मन खुसि रहनेछ ।

धनु: लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । श्रमको उचित मूल्यांकन हुनेछ ।

मकर: कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ ।

कुम्भ: आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । आँटेको काम समयमा गर्न नसकिएला ।

मीन: प्रयास गर्दा धेरै काममा सफलता मिल्नेछ । आस मारेको काम फेरी प्राप्त हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन ।

hamropatro.com