
उधारोमा ऋण लिइ,
पोहोर साल पनि दशै मान्न नआएको
छोरो भेट्न
शहर जान तयार बाजेले,
निस्कदानिस्कदै आफ्नो कमिजमा भैसिको गोबर लत्पतिएको देखेपछी,
परार साल छोराले शहरबाट लेराएको सरफ निकाले !
र, आफ्नो मैलो कमिज
बारबार घोटिरहेँ !
– कमिज ध्वार्र च्यातियो !
च्यातिएको कमिज फेर्न जादाजादै,
आसुले भिजेको सारिको सप्कोले
छोराको फोटो
सफ्फा गरिरहेकी आफ्नो बुढी तिर हेर्दै भनेँ,
“ओइ कालेकी आमा !
त्यो शहरले हाम्रो छोरालाई कति ठाउँमा च्यातेको होला है ??”
राजु झल्लु प्रसाद










