
रातो तिलक जमरा नी लाउन पाइन बाबा
यसपालीको दशैँसम्म आउन पाइन बाबा
जब म भेट्छु एकान्त मन मुटु निचोरिन्छ
सुस्वास्थ्यको आशिष माउन पाइन बाबा
उदय अमृत रामे नविन आए होलान् घर
पिङ बनाउन बेसीफाँट धाउन पाइन बाबा
परदेशमा घरदेशको सताउँदा सम्झनाले
पिङमा सङ्गै चचहुई गाउन पाइन बाबा
न दिन भन्नु परदेशमा न त भन्नु छ रात
चुहिएको घरको धुरी छाउन पाइन बाबा
सुनिल बोहोरा क्षत्री
गलकोट नगरपालिका -३, बागलुङ










