बजारमा आएको छोटो समयमा चर्चा बटुल्दै “साइलो”

खबर वे सम्वाददाता
बागलुङ, ०५ असोज ।
वैदेशिक रोजगारीका लागि विदेश गएको युवाको कथामा आधारित रहेको “साइलो” गीतको भिडियो सार्वजनिक भएको छोटो समयमा चर्चा परिचर्चा बटुल्न सफल भएको छ ।
बजारमा आएको उक्त गीतले नेपाल अधिकाशं रेडियो, टेलिभिजन सहितका संचार माध्यम फेशवुक, युट्व च्यानल लगायत सामाजिक संजालहरु विभिन्न क्याप्सन सहित सेयर भई रहेका छन ।
पछिल्लो समयमा लोक तथा दोहोरी गीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार दुर्गा विरहीले निर्देशन गर्नुभएको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय एंव चर्चित मोडल तथा नायिका मञ्जिता केसी, सुरविर, दुर्गा र विरेन्द्र लगायतको अभिनय रहेको छ ।
साजन राईको सुमधुर आवाज रहेको गीतमा आइम आचार्यको शब्द रहेको छ । बासु बरालको छायांकन, प्रदिप दाहालको सम्पादन भिडियो दुर्गा विरहिले निर्देशन गुर्नभएको छ ।
नेपाली संगित क्षेत्रमा दर्जनौँ गीतहरु शव्द सृजना तथा निर्देशक दुर्गा विरहीले अन्य गीतहरुलाई जस्तै साइलो पनि अझै धेरै माया गरि हेर्न, सुन्न र प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।
भिडियो हेर्नका लागि