रेशाली कोट मन्दिर उदघाटन! धार्मिक सम्पदा संरक्षणमा जुट्नपर्नेमा जिसस ढुंगानाको जोड

खवर वे सम्वाददाता
बागलुङ,०५ असोज ।
बागलुङ जिल्लाको काठेखोला गाउपालिका ७ रेशमा निर्मित रेशाली कोट मन्दिरको विहीवार उद्घाटन गरिएको छ ।
मन्दिरको बिशेष कार्यक्रमका बिच जिल्ला समवन्य समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै प्रमुख ढुंगानाले नेपाल कला संस्कृति, ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यतामा बिश्वमै उदाहरणीय भएकाले पुराना मठ मन्दिर, कलाँ संस्कृति र सम्पदाका संरक्षण र प्रवद्धनमा लाग्नुपर्ने बताउनुभयो । पछिल्लो समयामा ऐतिहासिक, पुरातात्विक धार्मिक महत्व बोकेका सम्पदाहरु चोरी तथा विक्री र लोक संस्कृति लोप हुन लागेकाले यसमा बिशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषालले धार्मिक पर्यटनमा पनि जिल्लामा राम्रो सम्भावना भएकाले सबैले समन्वय गरेर योजनावद्ध हिसावले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउपालिकाका प्रमुख अमर बहादुर थापा, काठेखोला गाउपालिका ७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने, बानपा ८ का अध्यक्ष जीतबहादुर जिसी ‘राजन’, काठेखोला गाउपालिका नाशु चुर्णबहादुर कार्की, कृषि बन वातावरण समन्वय समिति रेशका उपाध्यक्ष हरि कुँवर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रेशाली कोट मन्दिर पुर्ननिर्माण समितिका सचिव मिना कार्कीले प्रगति प्रतिवदेन र कोषाध्यक्ष यामबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम रेशाली कोट मन्दिर पुननिर्माण समितिका अध्यक्ष डम्मरबहादुर थापाको अध्यक्षता, सह–सचिव थम्मनबहादुर कार्कीको स्वागत र ओदानडाडाँ सामुदायिक सिकाई केन्द्र रेशका अध्यक्ष प्रजापति गौतमको संचालनमा सम्पन्न भएको थियो ।