जैमनी नगरपालिका ९ पैयुथन्थापमा अनेरास्ववियु भेला

बागलुङ, ०४ असोज ।
नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु बागलुङको संगठन विस्तार अभियान अन्तर्गत बुधबार जैमिनी नगरपालिका–९ पैयुथन्थाप विद्यार्थी भेला सम्पन्न ।
भेलाले नवीन शर्माको अध्यक्षतामा ५१ सदस्य अनेरास्ववियु जनता मावि प्रारम्भिक कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा विशाल सप्लाङी, सचिव अमृत हमाल, सह सचिव साजन हमाल, योशोदा शर्मा ‘इन्दु’ , निर्मला नेपाली , कोषध्यक्षमा सुशील आचार्य र महिला विभाग प्रमुखमा हिरा परियार निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा अनेरास्ववियु बागलुङका सचिव शिव शर्मा र सदस्य तेजेन्द्र क्षेत्रीले बोल्नुभएको थियो ।
यसै विच अभियान अन्तर्गत बडिगार्ड गाउँपालिका–२ स्थित त्रिभुवन अनेरास्ववियु विद्यार्थी भेला सम्पन्न भएको छ । भेलाले शितल भुसालको अध्यक्षतामा ३७ सदस्यीय अनेरास्ववियु त्रिभुवन मावि प्रारम्भिक कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्ष आकृती भन्डारी , सचिब चिरण घर्ती मगर, सहसचिव प्रतीक्षा जिसि , पृया सारु मगर, पुजा बलाल कोसाध्यक्ष अमर पुन र महिला विभाग प्रमुख खिमा वन रहनुभएको छ ।