भीमापोखरामा अन्डर १६ पुरुष भलिवल हुँदै

बागलुङ, ४ असोज
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा वडा दशैको अवसरमा अन्डर १६ पुरुष भलिवल हुने भएको छ ।
जन एकता युवा क्लब भीमापोखराले नव दुर्गा २०७४ को अवसरमा असोज ७ गतेदेखि मेलाको आयोजना गरेको हो । क्लबले आयोजना गरेको अन्डर १६ पुरुष भलिवल प्रतियोगिताको विजेताले दुई हजार पाँच सय र उपविजेताले एक हजार तीन सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै क्लबले आयोजना गरेको साविकको वडा स्तरिय भलिवलको विजेताले १५ हजार र उपविजेताले आठ हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष टिका के.सी.ले जानकारी दिए । यस्तै मेलामा घैटोफोरको पनि आयोजना गरिएको क्लबले जनाएको छ ।