देशभरका एक हजार युवाहरुको जमघट बागलुङमा

बागलुङ, ४ असोज
लियो जिल्ला परिसद ३२५ बि १ को पहिलो काउन्सिल मिटिङ गत शनिवार र आइतबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
लियो क्लव अफ बागलुङ कालिकाको आतिथ्यातामा देशभरका ६२ लियो क्लबहरुमा आबद्ध १००० जना लियो युवाहरुको जमघटमा बागलुङमा उक्त कार्यक्रम सम्पन्न गरियको हो ।
स्थानीय सरकारी एवं सामाजिक संघ संस्थाहरुको सहयोगमा कार्यक्रम सफल पार्रिको उक्त कार्यक्रमका कार्यक्रम संयोजक भुवन कंडेलले जानकारि दिए ।

“हामी निकै आभारि छौ सबै सहयोगि सघं सस्थां एवं महानुभाबहरु प्रति जसले यो कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुभयो“ आयोजक क्लव लियो क्लब अफ बागलुङ कालिका का अध्यक्ष्य सन्दिप कार्कीले भने “यो कार्यक्रमले बागलुङको पहिचानको प्रचारप्रसार भएको छ, हामिले पाहुनालाई कालिका मन्दिर, पञ्चकोट, बागलुङ बजारको मुखमा रहेको लामोपुल लगायत पर्यटकीय स्थलको अबलोकन गराएका छौं“ कार्कीले भने ।
“यस कार्यक्रमले बागलुङ पर्यटन प्रबद्र्धनमा निकै फइदा पुगेको छ, ४८ जना त मेरै होटलमा बस्नुभो, बागलुङको नाम पनि नसुनेका युबाहरु बागलुङमा आउन पाउँदा निकै हर्सित हुनुहुन्थ्यो“ होटल पिस प्यालेस का सञ्चालक एवं पर्यटन ब्याबसाहि निलेश राजभण्डारीले भने ।
कार्यक्रममा सहभगि लियो क्लब अफ पिस थाहा, मकवानपुरका अध्यक्ष अनित बिष्ट भन्छन “आजसम्म बागलुङ नक्सामा मात्र देखेको थिए, कार्यक्रमको निमन्त्रणा पाइसकेपछि कस्तोहोला बागलुङ भन्ने कौतुहल्ता भइरहेको थियो, हामी २ दिनको निरन्तरको यात्रा पछि बागलुङ आइपुग्यौ, साँचिकै यहाँका आयोजक क्लबहरुका साथिहरुको सत्कार र यहाँको रमणीय ठाँउहरु देख्दा आफुलाई निकै भाग्यमानी ठानेको छु ।“


सुरुमा कत्तोहोला बागलुङ भन्ने कौतुहुल्ताले सतायको थियो जाने भेलामा फेरि कहिले आउने होला भन्ने आशाले सतायको छ“ उनी भन्छन “यस्ता मनमोहक पर्यटकोय ठाँउ पञ्चकोट, कालिका मन्दिर घुम्ने अवसर मिल्यो जसकोलागि आयोजक क्लवहरुलाइ धेरै धेरै धन्यबाद ।“
बागलुङमा कृयासिल तिनवटा क्लब (लियो क्लव अफ बागलुङ कालिका, लियो क्लब अफ धौलागिरि बागलुङ र लियो क्लब अफ बागलुङ)को सयुंक्त आयोजनामा कार्यक्रमको उद्घघाटन बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेले गरेका थिए ।
यस्ता कार्यक्रमले नगर लगायत सबै क्षेत्रको प्रबर्द्धन मा महत्त्वपूर्ण सहयोग गरेको प्रमुख पौडेले बताए ।