
बागलुङ, ३ असोज
युथ अफ बागलुङको आयोजनामा नेपालको संविधान २०७२ को तेस्रो संविधान दिबसको अबसरमा आज बागलुङमा दिप प्रज्वलन गरिएको छ ।
फेसबुक मार्फत सकारात्मक जनचेतना जगाउने उद्देश्यले स्थापना गरिएको युथ अफ बागलुङ नामक फेसबुक ग्रुपमा आवद्ध ४० जना युवाहरुको समुहले लोकतान्त्रिक चोकमा नेपालको झण्डा बनाई त्यसमाथि दिप प्रज्वलन गरेका थिए ।

युथ अफ बागलुङका अभियन्ताहरु राम प्रसाद घिमिरे, मनिश कंडेल, रोशन जिसी, विजय गौतम, रोशन जिसी, सन्देश बोगटी, इश्वर ढकाल, अनुप केसी, होमि कार्की, सुरक्षा पन्त, सुस्मिता के.सी. लगायतका युवाहरुको सहभागिता रहेको थियो ।










