मान्छे र झुसिलकिरा

एका बिहानै निस्कन्छ
मान्छे र झुसिलकिरा।
एका बिहानै उदाउछ भास्कर।

मन्छेले सपटी माग्छ खुटाहरु भास्करसंग।
झुसिलकिराले पनि पैचो माग्छ अदृश्य खुट्टाहरु।

झुसिलकिरा जिन्दगी लेख्दा लेख्दै
बनिदिन्छ पुतली
बनाउछ धर्तिमा अलकापुरी।

मान्छेले लेख्दालेख्दै पनि
मन्छे बन्न्न सक्दैन।
अनि बनाउछ आफ्नै घरलाइ नरक।

जब
अस्ताउछ भास्कर,
उसले खोसिदिन्छ सापट दिएका पदचापहरु।

मान्छे पुतलीबन्नकै होडमा
बन्दछ चिताको गजुर
झुसिलकिरा आफ्नै मृत्युको शोकमा पनि
मनाइरहेको हुन्छ
पुतलिको जन्मोत्सब।

संजय देब बिस्ट
कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान
स्नातकोत्तर , बाली प्रजनन बिभाग