भीमापोखराका जनप्रतिनिधिले पारे गरे ‘हनिमुन पिरियड’

बागलुङ, २८ भदौ
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका जनप्रतिनिधिले पदभार ग्रहण गरेको बुधबार एक सय दिन पुरा भएको छ ।
पदभार ग्रहण गरेको अवसरमा वडा कार्यालय भीमापोखराले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयवासीले नीति कार्यक्रम तथा बजेटमा छुटेका विषयलाई सम्बोधन गर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
पदभार ग्रहण गरेको छोटो अवधिवमा तयार गरेको योजना तर्जुमा अति आवश्यक योजना समावेश हुन नसकेको भन्दै उनीहरुले त्यसतर्फ ध्यान दिन ध्यानकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष अध्यक्ष अमर थापाले विकास निर्माणको लागि बजेट अभाव नहुने बताउँदै काम गर्ने संस्कारको विकास गर्न सवैलाई आग्रह गर्नुभएको थियो । विकासका कामलाई अगाडी बढाउनुहोस’ अध्यक्ष थापाले भन्नुभयो–‘हामी बजेटको अभाव हुँदैन ।’
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्माले जनप्रतिनिधिलाई काम गर्ने बातावरण तयार गर्न सके मात्रा विकास निर्माणले गति पाउन सक्ने बताउनुभएको थियो । जनप्रतिनिधिलाई असहयोग गर्नु विकासको गतिलाई रोक्नु हो’ शर्माले भन्नुभयो–‘सबैको साथ र सहयोगबाट मात्र अपेक्षित विकास प्राप्त गर्न सकिन्छ ।’
कार्यक्रममा नेपाली काग्रेसका सभापति सम्मरबहादुर थापा, नेकपा एमालेका अध्यक्ष रामप्रसाद शर्मा, राप्रपाका अध्यक्ष मानबहादुर कार्की, भीमापोखरा युवा क्लवका अध्यक्ष मणीभद्र शर्मा, महिला प्रतिनिधि सविना गौतम लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वडा अध्यक्ष विद्यापति शर्माको अध्यक्ष, वडा समिति सदस्य लक्ष्मी हमालको स्वागत र विक्रम शर्माको संचालनमा सम्पन्न भएको थियो ।