फुटसलमा मानव सेवा, चिल्ड्रेन लाईफ, कालिका र नयाँ जिवन विजयी

अर्जुन कार्की
बागलुङ, २८ भदौ
बागलुङमा मंगलबारदेखि सुरुभएको धौलागिरी अञ्चल स्तरिय फुटसल प्रतियोगिताको दोस्रो दिन चार खेल भएका छन् ।
दोस्रो दिनको प्रतियोगितामा मानव सेवा आश्रम, चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब स्पोर्टस् क्लब निलो, कालिका भगवती युवा क्लब र नयाँ जिवन पुर्नस्थापना विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा मानव सेवा आश्रमले कालिका भगवती युवा क्लब सेतोलाई ६–४ गोलअन्तरले पराजित गरेको हो । मानव सेवाको जितको लागि देशराज चौधारीले ४ गोल गरेका थिएभने क्षतिज आचार्य र सुमित श्रेष्ठले समान १–१ गोल गरेका थिए । कालिकाको लागि शाहिल खड्काले २ र रोशन लामिछाने र अनुल केसीले १–१ गोल गरेका थिए ।
यस्तै दोस्रो खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ्ग निलोले सिमफोनी कम्प्युटर इन्स्टिच्युटलाई ६–३ गोलअन्तरले पराजित गरेको छ । चिल्ड्रेन लाईफको जितको लागि गणेश लामिछानेले २, कृष्ण पुन, विनोद थापा, इश्वर पुन र दिलिप जिसीले समान १–१ गोल गरेका थिए । सिमफोनीको लागि जिवन केसीले २ र किरण केसीले १ गोल गरेका थिए ।
बुधबारको तेस्रो खेलमा कालिका भगवती युवा क्लबले माल्ढुंगा युवा क्लबलाई १२–६ गोलअन्तरले पराजित गरेको छ । कालिकाको जितको लागि आशिष केसी र अविशेक केसीले समान ४–४, विरेन्द्र बोहोराले २ र सन्दिप क्षेत्री र नारायण केसीले समान १–१ गोल गरेका थिए । यस्तै माल्ढुंगाको लागि आशिष शाक्य, रोहित थापा र सुरज शाक्यले समान २–२ गोल गरेका थिए ।
यस्तै बुधबारको चौथो खेलमा नयाँ जिवन पुर्नस्थापना केन्द्रले रेस्मी युथ सोसाईटी हटियालाई पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा समान ८–८ गोल भएपछि अतिरिक्त समयमा नयाँ जिवनले २ गोल गर्दै जित निकालेको थियो । नयाँ जिवनको जितको लागि रोशन केसीले ७ गोल गरेका थिए । उनले २ गोल अतिरिक्त समयमा गरेका थिए । यस्तै नयाँ जिवनको लागि राजेश जिसी, सुनिल तामाङ र किरण थापाले समान १–१ गोल गरेका थिए । यस्तै रेस्मी युथको लागि चोक बहादुर केसीले ४, ऋषि सापकोटाले २ र अमृत बुढा र विजय सापकोटाले समान १–१ गोल गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, बेस्ट किपर र अनुशासित टिमलाई सम्मान ३ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको तेस्रो दिन बिहिबार पहिलो क्वाटरफाइनल राष्ट्रिय प्रजातात्रिक विद्यार्थी संगठन विरुद्ध चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब निलो, दोस्रो मानव सेवा आश्रम विरुद्ध बागलुङ स्पोर्टस् क्लब, तेस्रो चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब रातो विरुद्ध लिसा टे«र्डस र चौथो क्वाटरफाईनल कालिका भगवती युवा क्लब हरियो विरुद्ध नयाँ जिवन पुर्नस्थापना केन्द्रविच हुने रश आवसर फुटसल प्रा।लि।का संचालक राजु केसीले खबरवे अनलाईनलाई जानकारी दिए ।