
एउटा सानो चक्र को साँघुरो
दायरा भित्र छन् घडी का सुई हरू
त्यो सानो चक्र को किनार मा
कसरी उभिएलान् बूढा युगहरू?
यदि सानो ट्राफिक जाम मा परे भने
सुईहरू के रोकिजाला त बगिरहेको
नदि ?
रोकिजाला त बामे सर्दै गरेको बालक?
विश्राम लग्लान् त बढ्दै गरेका वृक्ष हरू?
विश्राम लग्लान् त चाउरीदै गरेका
गालाहरू ?
होईन यो हुनै सक्तैन
न होला भन्न सकिन्न
अाखिर सबथोक असम्भव छ
फेरि सबथोक सम्भव पनि छ
ए बालक यो घडी हरू को दुनियाँ
यस्तै छ
अब तिमी बूढो हुनु पहिल्यै
अात्महत्या गर ।
कि त उठाउ अब पेस्तोल हरू
गोलि ठोक ती घडी हरू मा
सावधान !
गोलि तिमी तिर पनि फर्किन
सक्छ ।
——-हेमन्त शिशिर—-










