
बागलुङ, २३ भदौ
बागलुङ नगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेको शुक्रबार सय दिन पुगेको छ ।
सोही अवसरमारमा मेयर जनकराज पौडेलले सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । पत्रकार सम्मेलनमा मेयर पौडेलले निर्वाचनको समयमा गरिएका प्रतिबद्धता तथा नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका कार्यक्रम अनुरुप नै कामभइ रहेको दाबी गर्नुभएको छ ।
सय दिनको अवधिमा बागलुङ बजारमा सिटी हल निर्माणको प्रक्रिया सुरु भएको मेयर पौडेलले जानकारी दिनुभएको छ । सिटी हल निर्माणको लागि बानपा–्३ स्थित चिप्लेटी बसपार्कको जग्गा उपब्ध गराउन स्थानीय सहमति भई अध्ययनको लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयलाई जिम्मेवारी दिइएको छ । यो अवधिवमा बानपा–४ मा निर्माण गरिने बस पार्कको लागि आवश्यक डिपिआरको काम सम्पन्न भएको मेयर पौडेलद्धारा विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
बागलुङ बजारमा व्यवस्थित ढल निकासको लागि केन्द्रीय योजना अन्तर्गत चालु आर्थिक वर्षमा एक करोड ६० लाख विनियोजन भैसकेको छ । ढल निकास निर्माणको काम बहुवर्षिय योजना भएकाले तत्काल विनियोजित बजेट मार्फत सर्र्वेको काम हुने र यसैबर्षदेखि निर्माण कार्य अगाडी बढ्ने बताइएको छ ।
नगरपालिकाले गतवर्ष कुल १४ करोड ७५ लाख १९ हजार ३ सय ९८ रुपैयाँ मध्ये १३ करोड ४ लाख ८ हजार ३ सय ४७ खर्च भएको छ भने एक करोड ६२ लाख २० हजार ६ सय १६ दायित्व सरेको विज्ञाप्तीमा उल्लेख गरिएको छ । बजार भित्र लामो समयदेखि विवादस्पद रुपमा रहेको नक्सा पासको विषयलाई समाधान गर्न समिति बढाएर अध्ययन समितिले समस्या समाधानको विषयमा अध्ययन सुरु गरेको उपमेयर सुरेन्द्र खडकाले जानकारी दिनुभयो ।
नगरपालिकाका प्राविधिकहरुकै कारणले नक्सा पासको विषय जटिल बनेको बताउँदै उपमेयर खडकाले नगरपालिका इन्जिनियरले निजि रुपमा कार्यालय स्थापना गरी नक्सा बनाउने काम रोक्नु पर्ने बताउनुभयो । नगरपालिकाले धौलागिरी फोहर व्यवस्थापन तथा बातावरण संरक्षण सहकारी संस्थालाई उपलब्ध गराएको ६ जना कर्मचारी फिर्ता बोलाउने काम गरेको छ । भने, फोहोर संकलन संवेदनशिल कार्य भएकाले सेवाग्राहीसँग सभ्य, विनम्र र संयमित भएर सहकारीको मूल्य मान्यता र आदर्श अनुरुप संचालन गर्न सहकारीलाई आग्रह गरेको छ ।
बागलुङको बाङ्गेचौर पाङ, नागलीवाङ–कुँडुले–रत्नेचौर जोडने पुलको सर्भेसम्पन्न भएको बताइएको छ । कार्यक्रमको संचालन योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
(प्रेश विज्ञप्ती)












