कारै चाहिन्छ नभन– सूर्यका मुक्तकहरु

म पानी हाल्दिन्छु ,तिमी भाँडा धोउली ।
म आँसु पुच्छु ,तिमी काखमा रोउली ।।
यो मंसिर खेर फाल्ने हैन आँउछु,
म जन्ती लिई तिमी बेहुली हाेउली ।।

नजाऊ यो दिल लुटी प्रिया ।
सक्दिन बाँच्न म छुटी प्रिया ।।
कारै चाहिन्छ नभन न है,
पक्का तिमीलाई स्कुटी प्रिया ।।

सूर्य पौडेल
बा.न.पा. १३ पैयुँपाटा, बागलुङ ।
हाल , कीर्तिपुर ।