बिवाइसीले ग¥यो उपहार तथा धन्यवाद ज्ञपान

खवर वे सम्वाददाता
बागलुङ, २२ भदौँ ।
बिवाइसी बागलुङले काठेखोला गाउपापलिका ७ रेश र २ भिमापोखरामा एक समुदाय एक परिवार परियोजनाको सदस्यहरुका लागि उपहार एवं धन्यवाद ज्ञापन गरेको छ ।
बिवाइसीले डेढ वर्षदेखि महिला हिंसा विरुद्धको अभियानमा सहयोग गर्ने भिमापोखारा वासी जेष्ठ नागरिक, अभिभावक तथा विद्यर्थीहरुलाई उपहार एवं धन्यवाद कार्यक्रम हो ।
श्रीमान विदेश गई स्वदेशमा बसेका महिलाहरुलाई हुने घरेलु हिंसा विरुद्धको कार्यक्रम संचालनमा सहयोग गर्ने जेष्ठ अभिभावक तथा विद्यार्थीहरुलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको थियो । काठेखालेला ७ रेश र भिमापोखरामा ८६ जना परिवारलाई व्लान्केट र ९१ विद्यार्थीहरुलाइ शव्दकोष पुस्तक वितरण गरिएको बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शमाले जानकारी दिनुभयो ।
काठेखोला गाउपालिकाका प्रमखु अमर थापाले जेष्ठ नागरिकलाई व्लान्केट हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गर्नुभएको थियो । उदघाटन पछि बोल्दै थापाले पछिल्लो समयमा विभिन्न सेवा, सुविधाले बजार तर्फ आकर्षण भई रहदाँ गाउमा रहेका बाजो जग्मामा सदुयोग गरि उत्पादन तर्फ लाग्नुपर्ने बताउनुभयो । महिलाहरुलाई चुलोचौकोमा सिमित मात्र नबई विकास निर्माणका कार्यमा सहभागिता गराउनुपर्नेमा जोडदिनुभयो । विभिन्न संघ÷संस्था साथै महिला हिंसा विरुद्ध अभियान थालेपनि प्रभावकारी नहुने हुँदा तालिमामा सिकेको कुरा व्यवहारमा लागु गर्न तथा सम्मान जनक जिवन यापान गर्न आग्रह समेत गर्नुभएको थियो । साथै काठेखोलाको समृद्ध विकासको लागि स्थानीय स्रोत साधनको उचित प्रयोग गरि आत्मनिर्भर बन्ने तर्फ उन्मुख हुनका लागि गाउपालिका सदैव साथमा रहेकामा जोडदिनुभयो ।
क्लवले संचालन गरेको एक समुदाय एक परिवार भन्ने कार्यक्रम निकै प्रभावकारी भएको कार्यक्रममा सहभागिले प्रशसा गरेका थिए । साथै आगामि दिनहरुमा पनि यस्ता खालका कार्यक्रम ग्रामिण स्तरमा ल्याउन स्थानीयले बिवाइसीलाई आग्रह समेत गरेका थिए ।
बिवाइसी बागलुङले विकास निर्माण कार्य र सकरात्मक, सभ्य समाज निर्माणमा क्रियाशिल छ । जिल्लाका विभिन्न दुर्गम गाउमा पनि विभिन्न समाज सुधारक कार्य गर्दै आएको छ ।