
बागलुङ, २२ भदौ ।
श्रीमानले अमेरिकाको कार्ड पाउन सपनामा सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया पुरा गरेकी बागलुङ नरेठाँटीकी सपना खत्री (नाम परिवर्तन) को जीवनमा त्यति बेल बज्र्रपात प¥यो, जति बेला श्रीमानले ‘तँ सँग मेरो कुनै सम्बन्ध छैन’ भनेर जवाफ दिदैँ सदाको लागि टाढिए ।
सम्बन्ध बिच्छेदको कागज बनाए छिटो कार्ड बन्ने सपना देखाएर खत्रीका श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव गरे । श्रीमानको भलो हुने देखे पछि सहज रुपमा जिल्ला अदालत बागलुङमा (चार वर्ष अघि) पुगेर श्रीमान–श्रीमतिको वैधानी रुपमा सम्बन्ध विच्छेद भयो ।
कार्ड बने पछि परिवार नै अमेरिका जाने समयमा श्रीमानले आफुबीच कुनै पनि सम्बन्ध नरहेको प्रमाण देखाउँदै टाढा भए । त्यति बेला उनीसँग नटेक्ने डाली नसमात्ने हाँगो भयो ।
श्रीमानले छोडेको भनेर न्याय मागौ त वैधानीक रुपमा सम्बन्ध विच्छेद भएको छ । फरक प्रयोजनको लागि गरिएको नाटकीय सम्झौता स्वयम आत्मघाती बन्यो जसले दुई छोरीका आमालाई निकै अप्ठ्यारो परिस्थिती पु¥यो । अमेरिकामा भएका खत्री नेपाली फर्केर अर्का विवाह गरे । श्रीमानले धोका दिए पनि खत्री आफ्नै पहलमा जापान पुगेको परिवारीक स्रोतले जानकारी दिएको छ ।
यो एउटा नमुना घटना मात्र हो । पछिल्लो समय जिल्लामा सम्बन्ध विच्छेदका घटना बढदै गएका छन । विगत चार वर्ष यता हरेक वर्ष सम्बन्ध विच्छेदको माग गर्दै जिल्ला अदालत बाग्लुङमा मुद्दा दर्ता गर्नेको संख्या बढेका छन । जिल्ला अदालत बाग्लुङका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा ४ सय ८१ मुद्दा दर्ता भएमध्ये सबै भन्दा धेरै सम्बन्ध विच्छेदका एक सय ३८ मुद्दा दर्ता भएका थिए ।
यो दर्ता भएका जम्मा मुद्दाको २८.६९ प्रतिशत हो । सम्बन्ध बिच्छेदका १ सय ३८ मध्ये १ सय २५ मुद्दा फछ्र्यौट भएको । १३ वटा मुद्दा फछर्यौट हुन बाँकी छन् । आर्थिक वर्ष २०७०/०७१ मा जम्मा मुद्दाको २२.४३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७१/७२ मा जम्मा दर्ता भएका ४ सय ४८ मुद्दा मध्ये सम्बन्ध बिच्छेदका १ सय ५ थिए भने आर्थिक वर्ष २०७२/७३ मा दर्ता भएका ६ सय ९४ मध्ये १ सय ३५ मुद्दा सम्बन्ध बिच्छेदका थिए । यसरी हेर्दा हरेक वर्ष सम्बन्ध विच्छेद गर्नेहरुको संख्या हरेक वर्ष बढ्दै गएको जिल्ला न्यायाधीस हिमलाल बेलबासेले बताउनुभयो । ‘सम्बन्ध विच्छेद गराईपाउँ भनेर निवेदन दिनेहरुको संख्या बढ्दो क्रममा छ,’ बेलबासेले भन्नुभयो,‘यो दबिएको समाज विस्तारै खुल्न थालेको पनि मान्न सकिन्छ ।’ उहाँले महिला सक्षमता बढेका कारण सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएको बताउनुभयो । ‘महिला समक्षता बढेर दमन नसहने कारण सम्बन्ध विच्छेद हुनु एउटा कारण हो,’ जिल्ला न्यायाधीश बेलबासेले भन्नुभयो‘ वैदेशिक रोजगारीका कारणबाट नेपाली समाजमा आएको विकृतिले पनि त्यस्ता मुद्दाको संख्या बढाएको देखिन्छ ।
सम्बन्ध विच्छेदको लागि आउने अधिकासंश १६ देखि ३० वर्ष उमेर समूहका व्यक्ति रहेका छन । श्रीमान विदेश हुने र घरमा भएकी श्रीमतिमाथि बढी शंका गर्ने प्रवृतिले सम्बन्ध विच्छेदका घटना बढेको अधिवक्ता राम शर्माको अनुभव रहेको छ । आफु विदेश हुँदा श्रीमति परपुरुषसँग लागेको शंका कै भरमा सम्बन्ध विच्छेद हुन थाले शर्माले भन्नुभयो–महिला अधिकारको वकालत गर्ने व्यक्तिको उस्काहट र दवावमा समेत परपचुके हुने गरेका छन ।










