बागलुङमा पहिलो पटक फुटसल प्रतियोगिता हुने

बागलुङ, १८ भदौ
बागलुङमा पहिलो पटक फुटसल प्रतियोगिता हुने भएको छ ।
बागलुङमा संचालनरत रश आवर फुटसल प्रा.लि.ले यहि भदौ २७ गतेदेखि रश आवर फुटसल कप–२०७४ गर्न लागेको जनाएको छ ।
धौलागिरी अञ्चलमै पहिलो पटक बागलुङमा संचालनमा आएको फुटसलको प्रचारप्रसार र खेलाडी उत्पादन गर्ने उद्देश्यले धौलागिरी अञ्चल स्तरिय प्रतियोगिता गर्न लागिएको प्रा.लि.का प्रोपाईटर राजु केसीले जानकारी दिए ।
भदौ २५ गतेसम्म नाम दर्ताको समय राखिएको प्रतियोगिता ५ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र २० हजार कप, मेडल र प्रमाण प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, बेस्ट किपर र अनुशासित टिमले नगद ३ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने केसीले जानकारी दिए । प्रतियोगिता संचालनको लागि ३ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको ।