नेकपा एमाले बागलुङ जैमनी नगरमा संगठन विस्तार सुढृदीकरण अभियान सुरु

शिव शर्मा
बागलुङ, १७ भदौँ
नेकपा एमाले जैमनी नगर संगठन कमिटि बागलुङले संगठन विस्तार सुढृदीकरण अभियान संचालन गरेको छ ।
मसिंरमा हुने निर्वाचन लक्षित गरि भदौँ १७ देखि २६ सम्म संचलान हुने गरि अभियान थालिएको हो । अभियानको पहिलो दिन जैमनी नगरपालिका ८ छिस्तीमा कार्यकर्ता कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा एमाले जैमनी नगर कमिटिले जनाएको छ ।
भेलामा नेकपा एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले देशको निकास र विकास तथा आर्थिक समृद्धिका लागि नेकपा एमाले बाहेक अरु कुनै विकल्प नहरेको दावी गर्नुभयो । देश र जनताका लागि सदा लडने नेकपा एमाले यति बेला चौतफी घेराबन्धीमा भएपनि देश र जनताको पक्षमा जुनसुकै मल्य चुकाउन तयार रहेको बताउनुभयो ।
उहाँले मसिंरमा हुने निर्वाचन पनि नेकपा एमाले पहिलो शक्ति हुने दावी गर्नुभयो । संविधान सम्सोधन देशको हित विपरीत भएकाले नेकपा एमालेले अस्विकार गर्दै आएका बताउनुभयो ।
सोही अवसरमा नेकपा एमाले बागलुङका निवर्तमान अध्यक्ष श्रीप्रसाद शर्मा, जिल्ला उपाध्यक्ष कृष्ण पाठक, केन्द्रिय उर्जा विभाग सदस्य हिराबहादुर केसी, नेकपा एमाले जैमनी नगर संगठन कमिटिका संयोजक भुपाल चालिसे, जिल्ला सदस्य इन्द्र थापा लगायतले बोल्नुभएको थियो ।
भेलाले तेजेन्द्र पौडेलको संयोजकत्वमा २१ सदस्यीय एरिया युवा संघ गठन गरेको छ । भेला नेकपा एमाले जैमनी नगरपालिका वार्ड नम्वर ८ का अध्यक्ष भोजराज पौडेलको अध्यक्षता, सदस्य शिव पौडेलको स्वागत र कुलबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।
नेकपा एमाले संगठन विस्तार सुढृदीकरण अभियान १८ गते जैदी, १९ गते बिनामारे, २० गते सर्कुवा, २१ गते राङखानी, र क्रमश पैयु, दमेक, कुश्मिसेरा गरि २६ गते सम्म संचालन गरिने नेकपा एमाले जैमनी नगर संगठन कमिटिले जानकारी दिएको छ ।