
खवर वे सम्वाददाता
बागलुङ, १७ भदौँ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीको ७ औ बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
साधारणसभा तथा सम्मान कार्यक्रमको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य एवँ ४ नम्वर प्रदेशका संयोजक तारापति सुवेदीले गर्नु भएको थियो ।
उद्घाटनपछि बोल्दै केन्द्रिय सदस्य सुवेदीले प्रतिष्ठानले नयाँ सष्ट्रालाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने परिपाटीको बिकास गर्दै अगाडि बढिरहेकाले यसको सफलतका लागि सवैले आफ्नो क्षेत्रवाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले धौलागिरि कला संस्कृतिको खानी भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि कलाकारहरुले ध्यान दिनुपर्नेका जोड दिनुभयो ।
सो अवसरमा कला संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै कलाकार तथा संचारकर्मी प्रकाश पौडेललाई सम्मान गरिएको थियो । पा पौडेल तेह्र वर्ष यता संचार क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । विस २०६१ सालमा धोलागिरी एफमा लोक गीतको कार्यक्रम प्रस्तोताबाट सुरु गरि अहिले धोलागिरी टेलिभिजनको प्रवन्धक निर्देशक समेत रहनुभएको छ । पौडेल आफैमा कुशल गायक तथा लोक गीत सिर्जनामा अव्वल हुुनुहुन्छ । थुप्रै दोहोरी प्रतियोगिता समेत जित्नुभएका पौडेल अहिले प्रेस चौतारीका केन्द्रिय सदस्य समेत रहनुभएको छ । लेउन रुमाल लेउ, आशु झारी रहेँ, एकोहोरो हुँदै थिए म लगायतका दर्जनौँ गीतहरु बजारमा आउनुका साथै चर्चित छन । 
सम्मानित पौडेललाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य एवँ ४ नम्वर प्रदेशका संयोजक सुवेदी, धौलागिरीका निवर्तमान अध्यक्ष तारानाथ आचार्यले दोसल्ला र प्रशसा पत्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठान धौलागिरिका निवर्तमान अध्यक्ष तारानाथ आचार्य, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का, प्रतिष्ठानका सल्लाहकार अभिवक्ता राम शर्मा, सम्मानित व्यक्तित्व प्रकाश पौडेल, प्रतिष्ठान बागलुङका अध्यक्ष किरण थापा, पर्वतका अध्यक्ष दिपक गदाल र अञ्चल कार्यसमितिका महिला उपाध्यक्ष रेणु केसीले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीको स्वागत र महासचिव पूर्ण परियारको संचालनमा सम्पन्न भएको थियो ।










