धौलागिरी टेलिभिजनका प्रवन्ध निर्देशक पौडेल सम्मानित

खवर वे सम्वाददाता
बागलुङ, १७ भदौ ।

धौलागिरी टेलिभिजनका प्रवन्ध निर्देशक प्रकाश पौडेल सम्मानित हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीको ७ औ बार्षिक साधारणसभाले कला संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पौडललाई सम्मान गरेको हो ।
सम्मानित पौडेललाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य एवँ ४ नम्वर प्रदेशका संयोजक सुवेदी, धौलागिरीका निवर्तमान अध्यक्ष तारानाथ आचार्यले दोसल्ला र प्रशसा पत्रले सम्मान गर्नुभएको थियो ।
पौडेल तेह्र वर्ष यता संचार क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । विस २०६१ सालमा धोलागिरी एफमा लोक गीतको कार्यक्रम प्रस्तोताबाट सुरु गरि अहिले धोलागिरी टेलिभिजनको प्रवन्धक निर्देशक समेत रहनुभएको छ । सम्मान पछि बोल्दै पौडेलले लोक गीत र संचार क्षेत्रमा आफु सदा प्रतिवद्ध भएको बताउनुभएको थियो ।
कलकारीतालाई व्यवसायिकता बनाउने नाममा लोक गीतको मौलिकता भन्दा बाहिर रहेका गीत बजार आएको पौडेलले दुःख व्यक्त गर्नुभयो । पछिल्लो समयमा लोक गीत संगितको मर्म विग्रदो भएकाले नेपाली लोक, कला संस्कृतिको संरक्षणमा आफु तत्पर रहेने पौडेलको भनाई थियो ।
पौडेल आफैमा कुशल गायक तथा लोक गीत सिर्जनामा अव्वल हुुनुहुन्छ । थुप्रै दोहोरी प्रतियोगिता समेत जित्नुभएका पौडेल अहिले प्रेस चौतारीका केन्द्रिय सदस्य समेत रहनुभएको छ ।
पौडेलका लेउन रुमाल लेउ, आशु झारी रहेँ, एकोहोरो हुँदै थिए म लगायतका दर्जनौँ गीतहरु बजारमा आउनुका साथै चर्चित छन ।