
बागलुङ, १७ भदौ
खबरवे अनलाईनका सम्पादन नवीन शिशिर विक ‘सिम्रिक उत्कृष्ट कृषि पत्रकार’ पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी सस्था बागलुङले आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा कृषि क्षेत्रको प्रचार–प्रसार र विकासको लागि प्रथामिकताका साथ समाचार लेखनमा उत्कृष्ट काम गरेको भन्दै बिकलाई पुरस्कृत गरेको हो ।
बागलुङमा विगत ७ वर्षदेखि निरन्तर पत्रकारिता क्रियाशिल विक जननिगानी दैनिकका साथै खअबरवे अनलाईनका सम्पादक र धौलागिरी एफएम बागलुङका सह–सम्पादक हुनुहुन्छ । उहाँ बागलुङबाट राजधानी दैनिकमा संवाददाताको रुपमा विगत ४ वर्षदेखि कार्यरत हुनुहुन्छ । विक धौलागिरी एफएममा विगत ५ वर्षदेखि समाचार कक्षमा कार्यरत रहनुभएको छ ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले विकलाई नगद १ हजार १ सय ११ रुपैयाँ, प्रमाण–पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सहकारीले प्रत्येक वर्ष कृषि क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिव लोकेन्द्र पौडेलले जानकारी दिनुभयो ।










