अनेरास्ववियुको विद्यार्थी संगठन विस्तार अभियान

बागलुङ, १६ भदौ
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बागलुङले विद्यार्थी जागरण तथा संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ ।
संगठन विस्तार अभियान अन्तर्गत अनेरास्ववियुले बानपा–११ रायडाडा र १२ अमलाचौरमा शुक्रबार विद्यार्थी भेला सम्पन्न गरेका छ । बानपा–११ विद्याजन माविमा भएको भेलाले चन्द्र थापाको अध्यक्षतामा १९ सदस्यीय अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा यम थापा, सचिवमा अर्चना थापा, सहसचिवमा सुमन थापा र कोषाध्यक्षमा सुष्मा केसी तथा महिला विभागमा प्रमुखमा प्यारी थापा रहेको बताइएको छ । भेलामा जिल्ला सचिव प्रतिक घर्ती र सचिवालय सदस्य लेखनाथ सापकोटाले बोल्नुभएको थियो ।
त्यस्तै, बानपा–१२ को पृथ्वी माविमा सम्पन्न भेलाले पुनम परियारको अध्यक्षतामा ३१ सदस्यीय अनेरास्ववियु प्रारम्भिक कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा चन्द्रबहादुर नेपाली, सचिवमा सूर्यलाल नेपाली, सहसचिवमा महेन्द्र परियार, अनिस परियार, कोषाध्यक्षमा सुजता नेपाली र महिला विभाग प्रमुखमा सुगम विसी रहनुभएको छ ।
कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष दिनेश थापा, सचिव सूर्य शर्माले बोल्नुभएको थियो