
बागलुङ, १४ भदौ
राष्ट्रिय खेलकुद परिषदको ५४औँ वार्षिकोत्सवको अवसर पारी बागलुङमा दिप प्रज्वलन गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिले स्थापना दिवसको अवसरमा दिपप्रज्वलन गरेको हो । सो अवसरमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले खेलको विकास र विस्तारको लागि स्थानीय तहबाट पहल र प्रयासको सुरुवात गर्नुपर्ने बताउनुभयो ।
स्थानीय निकायका निर्वाचनसँगै खेलकुद विकास समितिको भूमिका पनि समन्वयकारी हुने भएको जानकारी दिँदै अध्यक्ष परियारले गाउँगाउँबाट खेल प्रतिभावको पहिचान र विकासमा स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्ने बताउनुभएको थियो ।










