पत्रकार महासंघमा ४ नं. प्रदेशका ज्ञावली र कुँइकेल विजयी

बागलुङ, ५ भदौ ।
पत्रकार महासंघको केन्द्रिय सदस्यमा प्रदेश नम्बर ४ बाट प्रेस चौतारीका रामकृष्ण ज्ञावली र प्रेस सेन्टरका नविन कुँइकेल विजय भएका छन् ।
सोमबार काठमाडौंमा भएको मतदान पश्चात भएको मतगणनामा दुवै जना विजयी भएका हुन ।
प्रदेश नं. ४ मा प्रेस युनियनबाट दिलिप पौडेल र प्रेस चौतारीका कृष्ण केसी पराजित भएका छन् ।