
बागलुङ, ४ भदौ
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बानपा १ रामरेखाले जनचेतना तथा सम्मामन कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा र जिल्ल प्रहरी कार्यालय बागलुङको सयुंयक्त आयोजनामा लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि प्रशिद्ध ऐतिहासिक कालिका भगवति मन्दिरमा शनिवार कार्यक्रम हो ।
सोही अवसरमा समाजमा धमिरा जस्तै जडो गाढेको लागु औषध तथा दुव्र्यसन रोकथामका लागि पत्रकारीताबाट महत्वपुर्ण भुमिका खेलेको भन्दै धौलागिरी टेलिभिनका सम्पादक सुवास आचार्य र विक्रम सुनारलाई सम्मान गरेको छ । सम्मानित पत्रकारद्धय आचार्य र सुनारलाई दोसल्ला आढाएर जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक अनिल खडकाले गर्नुभयो ।
सम्मान पछि बोल्दै डिएसपी खडकाले पछिल्लो समयमा बागलुङमा लागुऔषधको प्रयोग तथा सेवन बढ्दै गएकाले यसको निराकरणका लागि सम्पुर्ण संग सहकार्य आवश्यकता रहेको बताउनुभयो । साथै यसको नियन्त्रणमा संचारमाध्यायमको बढि भुमिका हुने भएकाले आगामी दिनमा पनि यसरी समाचार सम्पेषण गर्न आग्रह गर्नुभयो ।
त्यस्तै सेवा केन्द्रका अध्यक्ष दुर्गाबहादुर आचार्यलाई पनि समाज सुधारको कार्यको उच्च मुल्याङकनका साथै सम्मान गरेको थियो ।
कार्यक्रममा सम्मानित पत्रकार सुवास आचार्य, नशाहित समाज बागलुङका प्रतिनिधि प्रवेश केसि, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाकी सल्लाहकार गीता शर्मा लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका अध्यक्ष दुर्गाबहादुर आचार्यको अध्यक्षता, महासचिव लक्ष्मी बोहराको स्वागत र सचिव धर्मदत्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले जिल्लाका विभिन्न स्थानहरुमा लागु औषध विरुद्ध सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।










