
बागलुङ, २ भाद्र
बैनथाप आत्मनिर्भर महिला केन्द्र काठेखोला गाउपालिका ७ रेशको आयोजनामा महिला सशक्तिकरण सम्वन्धी अन्तरक्रिया तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली नारीहरुको महान पर्वहरुको हरितालिका तिज नजिकैदै गर्दा महिला दिदिवहिनी विच एकआपसमा अन्तरक्रिया तथा शुभकामना आदनप्रदान गरिएको हो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ बागलुङकी अध्यक्ष सावित्रा रानाले स्थानीय तहको निर्वाचनले महिला समेटेपनि अझै यसलाई गा्रमिण स्तरसम्म पु¥याउनुपर्ने बताउनुभयो । साथै महिला सशक्तिकरण लागि सम्पुर्ण महिला एकजुट भएर लाग्नुपर्नेमा जोडदिनुभयो । सोही अवसरमा काठेखोला गाउपालिका ७ रेशका वार्ड अध्यक्ष प्रेम लामिछाने, वार्ड ८ की अध्यक्ष चित्रकला छन्त्याल, अखिल नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष लक्ष्मी बोहरा, काठेखोला गाउपालिका सदस्य चित्रकला थापा,सरस्वती आधारभुत विद्याालयका प्रधानध्यापक मनमाया थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम बैनथाप आत्मनिर्भर महिला केन्द्र काठेखोला गाउपालिका ७ रेशकी अध्यक्ष उजेली शर्माको अध्यक्षता, सदस्य पवित्रा गौतमको स्वगत र सदस्य निर्ममाया जिसीको संचालनमा सम्पन्न भएको थियो ।










