गजल

उ पागल डाक्टर जो दुख्छ बिरामी देखेर
माता पिता र मृत छोराको निसानि देखेर

पखलाले छोरी लग्दा नरोएको पिता
रोयो शहरमा अौषधिको अवधि देखेर

बृद्ध देश अनसन बस्दा भविष्यका लागि
सन्तान-ए सुटुक्क पस्छ भट्टि देखेर

किन मृत्यु चितायो उसले म बुझ्न सक्छु
घरमा सकिएको तरकारी र बेरोजगारी देखेर।

रसिक राज