
खवर वे सम्वाददाता
बागलुङ, २४ साउन ।
लोक तथा दोहोरी गायक कृष्ण सुवेदीको यस वर्षको तिज गीत ए मेरी पुतलीले चर्चा बटुल्दै गएको छ ।
नेपालीको नारीहरुको महान चाडका रुपमा लिइने हरितालिका तीज नजिकीदै गर्दा धेरै कलाकारहरुले गीतहरु ब्जारमा ल्याएका छन । जति गीत आएता पनि कतिपय गीतहरु दर्शक, स्रोताले न त सुन्छन न त देख्छन नै । तर गायक सुवेदीको ए मेरी पुतली विषेश गरि प्रदेश नम्वर चारमा अत्याधिक रुचाइएको छ ।
संचारकर्मि समेत रहेका गायक सुवेदीको उत्कृष्ट लय÷शव्द सृजना रहेको उक्त, गीतमा सुनिता नेपालीले आवाजमा साथ दिनुभएको छ । गायक सुवेदीले यस भन्दा अघि पनि ६ वटा गीत बजारमा ल्याईसक्नुभएको छ ।
प्रेम थापाको निर्देशन,मनोज चौहान मगरको छायाङकन, र नविन घर्ति मगरको सम्पादन रहेको म्युजिक भिडियोमा भने प्रेम थापा र सुनिता नेपाली मुख्य अभिनयमा देखिनुभएको छ । भिडियो हेर्नका लागि










