
बागलुङ, २३ साउन ।
समसामयिक घटनाक्रमलाई समेटेर लोक तथा दोहोरी गायक हरि सुनारले ल्याउनुभएको मेरी बुढी मेयर बोलको तीजी गीतले अहिले बजारमा चर्चा बटुल्दै गएको छ ।
गायक सुनार र रजनी शर्माको शब्द, त्यस्तै सुनार राजेश बर्देवाको लय रहेको गीतमा नव गायिका मिना चोखालको सुमधुर आवाज रहेको उक्त गीत अहिले मेला महोत्सव र गीत सम्बन्धी सम्पूर्ण कार्यक्रममा घनकाईने गरिएको छ ।
गीतमा नेपालमा करिव २० वर्ष पछि भएको स्थानीय निकायको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको जीवन चित्रण गर्न खोजिएको गायक सुनारले बताउनुभयो । अहिले निर्वाचित भएका जनप्रतिनिधिहरुको विगत र वर्तमान जीवन शैलीलाई गीतमा समावेश गरिएको उँहाले बताउनुभयो । दाहोरी गाउन माहिर मानिने सुनारले बरु सहन्छु चोट खाएमा र सम्झि रुने छैन म लगायतका गीत बजारमा ल्याइसक्नुभएको छ ।
म्युजिक नेपालले बजार व्यवस्थापन गरेको म्युजिक भिडियोमा प्रकाश भटट्को निर्देशन, करण चौसिरको छायाङकन,विष्णु शर्माको सम्पादन र साही भिजन म्युजिक प्रालिको दृष्य निर्माण रहेको छ ।
म्युजिक भिडियोको मुख्य अभिनयमा दिपक सुनार,रमा बस्नेत र रामबहादुर खत्रि देखिनुभएको छ ।
भिडियो










