गजल

एउटै मुटु पटक पटक चर्किएर रुदै छु म ।
अोइलिएको खुशीमा जल् छर्किएर रुदै छु म।

डर लाग्छ सुन्छन कि कोहि के भो भनी सोध्लान पनि,
सबको आँखा छली कोल्टे फर्किएर रुदै छु म।

अध्यारो छ मनको आकाश बादलको प्रवेश सँगै,
बाहिर सुक्खा भित्र पानी झर्किएर रुदै छु म।

अकश्मात सुनामी र भुकम्प को आगमन ले,
धैर्यता को संसार पुरै थर्किएर रुदै छु म।

पागल जस्तै टोलाउदै छु उराठ दिलको चौतारीमा,
बस्ती देखी अलीक पर तर्किएर रुदै छु म।

अमृत पौडेल
कु न पा ८ पर्वत