
केपी कुमार जलन/ बागलुङ
१४ बर्ष देखी संचार क्षेत्रमा संघर्षरत गरी रहेकी संचारकर्मि शितल शर्माको तिज गित नमुना जोडी बजारमा आएको छ ।
भर्खर मात्रमा बजारमा सार्वजानिक भएको तिजगितमा आफ्नो जोडीलाई अझै नमुना जोडी बनाउ अनी सुन्दर सपना संगै माया र विश्वासका खातिर जिन्दागीलाई सुमधुर वनाउ जस्ता शब्दहरुले भरिएको तीजको राजेन्द्र भण्डारीको शब्द, पुरुसोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ ।
बिष्णु भट्टराईको निर्देशन छायांकन र सम्पादनमा बुटवलका कलाकार राज केसी , मिनुज़ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेका छन ।










