गजल–अभीष्ट

भोग्नुछ युवा, खाडीको घाम, रोएर के गर्नू।।
सहेर गाली , गर्दैछौं काम , रोएर के गर्नू ।।

सम्झेर घर, पसिना झार्छौं, उराठ भूमिमा ,
दिँदैन पूरा, श्रमको दाम, रोएर के गर्नू ।

जीवन धान्न, अाश्रित बनी, विदेशी माटोमा ,
नआई हुन्न , लामका लाम , रोएर के गर्नू ।

छोराको बाटो, हेरेर बस्दा, ती बृद्धा बा”अामा ,
अधीन भित्र, तड्पिन्छौं अाम , रोएर के गर्नू ।

गोर्खाली वीर, भनेर चिन्थे, दुनियाँ सारा ले ,
गुलामी बन्दा, मेटियो नाम , रोएर के गर्नू ।
गोविन्द के.सी.”अभीष्ट”
रघुगंगा -३मौवाफाँट
म्याग्दी