खवर वे सम्वाददाता
बागलुङ, ०६ साउन ।
मायालुको शहरमा मेरो गाउमा घर छ बोलको गीतबाट नेपाली लोक क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक गणेश पौडेलको नयाँ तीज गीत पुतली बजारमा आएको छ ।
गत वर्ष राम्दीको पुल नामक गीतको अपार सफलता पछि पौडेलले यसपाली गीत बजारमा ल्याउनुभएको हो । शव्द सृजनामा फरक स्थान ओगटेकी स्रजक शिव अखेलीको उत्कृष्ट शव्द रचना, गायक तेजस रेग्मीको लय गणेश पौडेल र गायिका राधा हमाल ठकुरीको सुमधुर आवाज रहेको छ ।
नेपाली नारीहरु महान चाडको रुपमा लिने हरितालिका तीजलाई लक्षित गरि निर्माण गरिएको गायक पौडेल खवर वे लाई बताउनुभयो। साथै अन्य गीतहरुलाई जस्तै माया गरि सुनेर सुझाव, सल्लाह दिन समेत आग्रह गर्नुभएको छ ।
गीतको एक टुक्का
केटाः बास काटेर चोया भयो,चोया गाँसी डाली
माया लासी धोका खानी स्वभाविक हो काली
हेरन फुलैको बोटमा पुतली भुरुरु,
जानिलाई जानदेउ माया सम्झेर नरुनु धुरुरु
केटीः धोका देर जानि मान्छे फरार भयो हिजै
के आधारमा पक्रने हो छैन कुनै चिजै
हेरन फुलैको बोटमा पुतली भुरुरु,
विर्सन कर गर्दा पनि सम्झेर मन रुन्छ धुरुरु
स्मृति तिमिल्सिना निर्देशन, सुरेस श्रेष्ठको छायाँङकन र सधन बस्नेतको सम्पदानमा हमाल म्युजिक प्रालिले बजार ल्याएको म्युजिक भिडियोमा सुमन थापा र संगिता हमाल ठकुरी मुख्य अभिनयमा देखिनुभएको छ ।
भिडियो हेर्नका लागिः










