स्वरुपा रसाइलीको तिजी कोशेली! सवले भन्छन–“हाई हाई मिठो बोली सवैलाइ”-भिडियो सहित

खवर वे सम्वादाता
बागलुङ, ०५ साउन ।
नेपाली नारीहरु महान चाडको रुपमा मानिने हरितालिका तिज नजिकीदैँ गर्दा बजारमा विभिन्न प्रकारका गीतहरु बजार आएका छन ।
कति त आउदैँ पनि छन । देश धेरै जसो रेकर्डिङ स्टुडियोहरु पनि निकै व्यस्त देखिन्छ । जति तीजी गीतहरु बजारमा आएता पनि तिजी गीतको महत्व बोकेर आउदैनन् ।
तर गायन क्षेत्रमा फरक पहिचान बनाउन सफल गायिक स्वरुपा रसाइलीको यसपालीको तिजी कोशेली फरक किसिमको मौलिक गीत मिठो बोली बजारमा ल्याउनुभएको छ । बिजय कुमार सुनारको उत्कृष्ट शव्द सृजना, नेपाली संगित क्षेत्रका हस्ती संगितकार विवि अनुरागीको संगित संयोजनमा रहेको उक्त गीतमा गायिक स्वरुपा रसाईलीको सुमधुर आवाज रहेको छ ।
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने पर्व भएकाले सोही कुरालाई ध्यानमा राखी गीत बजारमा ल्याएको गायिका स्वरुपा रसाईलीले खवर वे लाई जानकारी दिनुभयो । साथै रसाईलीले अन्य गीतहरुलाई जस्तै यो तिजी कोशेलीलाई पनि माया गरि एक पटक हेर्न, सुन्न र सुझाव दिन समेत आग्रह गर्नुभएको छ ।
गीतमा
झुम्का सुहाउछ कि मलाइ,लुर्का सुहाउछ कि
साडी सुहाउछ कि मलाई कुर्ता सुहाउछ कि, भनिदेउन संगिनी म त चट्ट परि नाँच्नु खुशीले बाँच्नु छ, सवले भन्छन हाई हाई मिठो बोली सवैलाई लर्के जोवान कसलाई माया दिनेलाई
शिव विकले निर्देशन,शम्भु चालिसेको छायाँङकन र रविन विकले सम्पादन गर्नुभएको उक्त म्युजिक भिडियोमा भने उषा विश्वकर्मा र शिक्षा रसाइली मुख्य अभिनयमा देखिनुभएको छ ।
भिडियो