
गजल
दिलको ढोका उघारि मलाई थुन्न खोज्ने तिमि को हौ ?
अन्जान मै प्रेम जाल बुन्न खोज्ने तिमि को हौ ?
हिजो सम्म भेट हुंदानी छड्के नजर नहेर्ने ले
आज आई मेरै धड्कन सुन्न खोज्ने तिमी को हौँ ?
रुप छैन रंग छैन बोल्ने चाल्ने कुनै ढंग छैन
म जस्तो लाई जिवन साथी चुन्न खोज्ने तिमि को हौ ?
एक दुई पटक भेट्न डाक्यौ कुनै कुरा बझ्या छैन
मेरै लागि वरमाला उन्न खोज्ने तिमी को हौ ?
भेट्दा अनि फोन गर्दा कुनै कुरा भन्नु छैन
एक्लै एक्लै प्रितका गीत गुन्न खोज्ने तिमी को हौ ?

हरि सुनार ,बागलुङ










