शिर्षक- भ्रमित फन्को

म..बिस्तारै जन्मै देखि अद्रिस्य चितामा मन्द निदाइरहेको एक झिङ्गे मानुष।
जब कुनै नमिठो वास्तविकता बाट तेरो नग्न सोप्न प्रताडित हुन्छ अनि मात्र त.. सम्झन्छस आफुबाट निस्केर अरुलाई(आफ्नालाई)।
जसरी अरुको छैन हो!तेरो नि केही अस्तित्व छैन।
के ठान्छस् त(म)?के संसार तेरो चिन्तामा पुरै रात अनिदो रहन्छ?कस्तो हास्यास्पद ।

त मान या नमान त केवल आदिम निन्द्राबाट बिउझिएर,वास्तविकता बाट बच्न गरिएको नमिठो प्रयासको प्रतिफलको एक प्रतिनिधि पात्र मात्र होस।
आफ्नै सह-मित्रको ठेलम ठेल बाट अनपेक्षित तवरले झरिरहेका पानीका थोपा जसरी बिलिन भए पाइखानाको कालो सुरुङमा त्यसरी नै त झर्नेछस् अनिश्चितताको सुरुङ भित्र ,खोक्रो जीवन बोकेर,खुलेका दुई आँखामा एक थोपा जमेको आँसु सहित।

`ए!!मनिस म´
के पाल्छस सपना,तुच्छ रहरजब निदाउनुनै तेरो नियति हो भने।
बाहिर सिमसिमे पानीका थोपाहरु सडकलाई बिस्तारै हिर्काउदैछन्।झ्यालको चेपबाट म देख्छु हतार, हतार हिडेका मान्छे र मौन भिजेको सडक । म पनि दौडिरहेको हुन्छु प्रतेक दिन सहरका कुना कुना।तर न यो सहरलाई मेरो खाचो छ, न यो सहरले मेरो खाचो लाई अौल्याउन सकेको छ।तथापि वर्षौ देखि विना कुनै गुनासो यो सहर र म एक अर्कोलाई बेहोरी रहेका छौ।

चिसो पानी पिउछु कतै म भित्रको अमुर्त जलन केही कम हुन्छ कि?
दुई गिलास रित्याउछु
अह! कति कमजोर छ पानी, केवल रुझायो, मत्थर भएन । यी बादलका आँसुहरु केवल रुझाउछन् आवरण, भित्र चाहना,रहर,महत्त्वाकांक्षाको कहिले ननिभ्ने कालो घाम सल्केको छ हुरहुर्ति।

सल्काउछु चुरोट, पार्दछु स्वाट्ठ,स्वाट्ठ केही फुक मार्दछु
अह!
अर्थहीन धुवा,यो अर्थहीन आगो।
यी सुर्जेका आफन्तीहरु जलाउछन् केवल आवरण मात्र,भित्र पीडा,कुण्ठा,वेदनाको गहिरो तलाउ छ,कहिले नसुक्ने कुरुप तलाउ ।

त्यसै त एका बिहानै दर्पणको अगाडि सजाउछु शरीर,अोड्दछु आवरण र दिन भरी रुमल्लिन्छु आवरण सँगै फगत सुन्दर आवरण सँग ।
लाग्छ नसुतेको रात सायद सबेर अलिक अबेर हुने गर्दछ। हेर्दछु दर्पण छेउ,आवरण मस्त निन्द्रामा छ,झिजो मान्ला भो उठाउदीन । आवरण बिना निस्कन्छु सह-बास बाट(आवास छैन) फुत्त थोत्रो शरीर कोचेर रेन-कोट भित्र ।
आँखा अघि अर्धनग्न सडक टुपुल्किन्छ ।
म हिड्दैछु नदेखी त्यो छेउ लागि चराहरु गन्दै ।
अचानक सडकले हैन कसैले समात्छ मेरा गोल्डस्टार धारी खु्टा ।
उ त्यही रहेछ जो सहरका दरिद्र पेटिमा सुताई आफ्नो दरिद्र अस्तित्व माग्दछ भोक मेटाउने ट्याबलेट,नेपाल राष्ट्र बैंकले छापेका कागजी ट्याबलेट ।हुन त मलाई पनि अनन्त भोग,भोक छ, सोच्छु सुति हेरु तर म भर्खरै उठेको मान्छे, सक्दिन सुताउन आफुलाई ।
छाम्छु खल्तीमा कम डोजको ट्याबलेट रहेछ जसले मेटाउन त के छोप्न नि सक्दैन !! फ्याक्छु म उस्को अबस्था झै कुरुप भाडोमा फुत्त ।
उ घुर्दछ मलाई, म मौनवत छिर्दछु सुन्य सहर तिर…

लड्खडाउदै सुन्यताको सहरमा म गुन गुनाउदै अर्थहिन सम्वाद आफै सँग बड्दै छु निरन्तर खोज्दैछु एक सृजनशिल परिपक्व हात जसले टाल्न सकोस मेरो पंचर भएको हृदय ।जहाँ बाट फुस्किन्छन् डुङ्डुङ्ती गनाउने भावनाहरु ।

कस्तो गन्हाउने यो सहर,फोहरहरु त तह लगाउनु नि।
छेउबाट एक स्त्री आवाज आउँछ।
सहर होईन । मान्छे गन्हाएको हो।कुहिएको रहर गन्हाएको हो,सपनाको सिनो गन्हाएको हो-म बोलेको तिर फर्कन्छे उ ।
मास्क जुन्डाएको कानमा, चस्माका लामा खुट्टा घुस्रिएका थिए । मैले पढ्न सकिन उसको अुनुहारको भाव, नाक खुम्चाएर हो वा अोठ लेब्राउदा हो हल्का चलमलाउछ मुखको टालो । गन्हाउने कुहिएको चिज त डस्विनमा फ्याक्नु नि।कस्तो गन्हाउने मन- उ प्याच्च खोल्छे मुख र मेरो मुखमा कोचिन्छ मौनताको टालो । म बाट एकलट क्रोध युक्त हावा फुस्कन्छ । म-गन्हाएकै भए पनि मिल्काइ हाल्नु पर्ने अवस्था आइसकेको छैन मेरो।मेरा इमोसन भन्दा यहाँ वरी परीको सामाजिक फिगर, एन्टिक मान्यताहरु, रुग्ण चिन्तनहरु, पोलिटिकल मस्तिस्कहरु, परिपाटीहरु, इत्यादि, इत्यादिहरु बढी गन्हाउछन्।
सके तिनलाई मिल्काउ । म उ तिर मुख फर्काएर सोघ्छु-बरु तिमी को हौ?उ-आवेशमा न आउ, अावेश अझ गन्हाउछ।म पार्टटाइम कवि (कबिको लिङ्ग हुदैन) हु वास्तबमा म यहाँ तिमीलाई कविता सुनाउन आएकी ।
म-पार्टटाइम कवि भए फुलटाईम चै के गर्छेउ?
कवि-फुल टाईम म फुल टिप्ने काम गर्छु।सहरका पेटीहरुमा झरेका फुल टिप्नु र बेच्छु मेरो काम हो।
बरु हिड चिया खाऊ।

हामी नजिकोको चियाघर भित्र छिर्छौ र टेवल नं ०४ मा अामने सामने हुन्छौ । मुखमा झुण्डाएको मास्क निकाल्छे,ओठमा हल्का गुलाबि रङ्ग मुस्कुराउछ, म सोच्छु कस्तो होला त्यो ओठको बासना । बस त्यस क्षणमै एक जना कालो युवक सेता दात लिएर सामु खडा हुन्छ।
मतिर फर्केर कालो युवक-के लिउ सर?
कवि-लिने ? दिने केही छैन भाई हामी सँग,मिल्छ भने बरु एक थान सपना सापटि देउ ।
भाइ-मेनु मा सपना छैन मिस,उम् बिपनाहरु को सुकुटी छ लिनु हुन्छ ?
कवि-सरी म भेज मात्र लिन्छु ।
म तिर फर्केर गुलावि मुस्कुराउछे ।
म-काल भाइ कालो चिया दुई कप ।
उ कालो चियाको माग सुनेर जान्छ ।
म कबि तिर नजर लाऊछ, गहु गोरो अनुहारमा टपक्क फुलेका जुन झै उस्का कत्थकी आँखाहरु स्थिर देखिन्छन् ।
म- अत ! हामी यहाँ किन छौ ?
उ-युगको मुहार हेर्न (तर मेरा नजर उको मुहारमा अल्झेका छन्) कविता बाच्न ।
म-खै !उसो भए तिम्रो युग/कविता सुनाउ ।
कवि-कविता लेख्नु पर्छ ।
कागज निकालि लेख्न थाल्छे म अक्क बक्क भै पढ्न थाल्छु ।
मेरो नजर र कबिता यसरी अगाडि बढ्छ क्रमश मसीको गति सँगै
`तेरो सहर म´

निदाइरहेको बालक छोरोलाई
रत्नपार्कको पुलमा
एका बिहानै कुच्चिएको भाँडो सँगै
बेवारिसे छाडेर
थुप्रिएको चिल्लरले
म:म डुम्साउने
महान आमा बोकेको,
साझमा आफ्नै स्वास्नी बलत्कार गरि
दिनभर नारी अधिकारको वकालत गर्ने
महान पति बोकेको,
बाउले झरिमा दुनियाँको जुत्ता सिएर
थुप्रिएको पैसा सुटुक्क झिकेर
नशामा डुब्ने सन्तान बोकको,
हो म सभ्य सहर हु।

बूढो पोलको काँधमा अल्झीएका
काला अनि नाङ्गा तारहरुमा झुन्डीएर
विजुलिले आत्महत्या गरेको,
पानीले हावा अोकल्ने धाराहरु
अनि
बारीमा उम्रिएका कङ्क्रीट च्याउहरुले
भरी पुर्ण,
हो म सम्पन्न सहर हु।

लटरम्म मानव मलमुत्रले सजिएको फुटपाथ,नहर,
पलास्टिक अोड्ने सडक,
पेट बिग्रेका मोटर,
बाग उजाडी
कृतिम पुतलीले सजाइएको,
हो म सुन्दर सहर हु।

गल्लि गल्लि बाट मानवउर्जा
निर्यात गर्ने,
देश दगुराउने पंक चालकहरुको कालो साम्राज्य उभ्याउने,
पथमा पथ भ्रष्टका निम्ति रेड कारपेट सजाउने,
खोक्रो सभ्यताले लेपियका पुरातनवादी खप्परेहरुले भरी पर्ण,
हो म बौद्धिक सहर हु।

कम्जोरलाई कुल्चेर रमाउने
भोको पेटलाई लुटेर अघाउने

यहाँ जिउदाहरु जिउदालाई लुट्छन्
र मुर्दाहरु पनि जिउदालाई लुट्छन्।
यहाँ भोक भन्दा ठूलो भोग छ,<br>
मृत्यु भन्दा जिउँदो हनुको शोक छ।

यहाँ देउताहरु मानवलाई न भै
मानवहरु देउतालाई चलाउछन्।
यहाँ नदिहरु जीवन होइन
जीवनका कत्ला मात्र बोक्छन्।

अनि तैले
ए! मान्छे
समय सँगैको बदलाव भन्दै
कस्तो बनाइस् आफूलाई
त सँगै हेर त
बदलिएको छ तेरो सहरको स्वरूप
मेरो स्वरुप ।

कविताको क नबुझ्ने मलाई २ हात लामो कबिताको झटारो लाग्दा भाउन्न छुटेर आयो । तर पनि जीवनका,युगका केही सत्यताको चित्रण गरिएको भान भयो । भने-त्यो त-म तिमी र हामी होउ होइन र?
कवि-हामी होइन `म´ हो । जब सम्म म ले म हुनुको अर्थ र अौचित्य बझ्दैन तब सम्म `त´ दोषि ठिहरिन्छ ।
म भित्रको म चुपलाग्न पुग्छ । सायद उ भित्रको म पनि-तर कविताको म चिच्यारह्यो मगज भरी ।
`सर कबिता सरी कालो चिया´-काल युवक हातमा २ कप कबिता सरी कालो चिया लियर हाजिर हुन्छ ।

`सरी भाइ यो समय मुना चियाको होइन,बरु जाउ लोकल ल्याउ ।´

अचानक आएको नया आवाजले मेरो ध्यानाकषिर्त गर्दछ । देख्छु एउटा दुब्लो ज्यान,वजनदार कपाल,छातीमा मुगाको माला र तुर्लुग झुसे अनुहार,कवि(यत्री)लाई गर्लाम्म अङ्गालो हाल्दछ ।
कवि- कता बाट चित्रकार?
चित्रकार- बाटै बाटो सोझै यतै ।

टेबलमा लापरबाहीले आफ्नो एन्टिक झोला थचार्छ । म तिरसंकेत गर्दै -तपाई को??
हठात प्रश्नले म अक्क बक्क पर्छु ।
उहाँ मुख्य चरित्र,पाठक वा दर्सक उहाँ `म´ हुनु हुन्छ।-कवि मुस्कराई घाप मार्छे मलाई ।
चित्रकार-intresting!!!खैर उसो त म पनि म हो।तर अचेल म सँग मेरो सम्बन्ध बिच्छेद भएको छ,so I am not searching myself बुझ्नु भो ?
म नबुझेझै हुन्छु ।
चित्रकार-खैर न नबुझ्नु बुझ्नु भन्दा राम्रो हो,
इत्स गूड फोर योउर हेअल्थ मिस्टर म ।

यश पटक नबुझे पनि बुझेझै मुस्कुराउछु ।
उ कबिको हात समातेरै उ छेउमै उभिएको काल युवक तिर फर्कन्छ-भाइ लोकल लेउ भनेको किन ठिङ्ग उभिरा,ताला लाग्यो क्या हो कानमा ?

कुरा सुन्नमा मग्न काल युवक हठात सेता दाँत काला अोठले छोपि हस् संकेत दि कालो पर्दाले छपिएको कोठी भित्र कोचिन्छ।लगत्तै तीन गिलास र एक भरिलो जग लिएर आउँछ,लोकल हाजिर गर्छ र फर्कन्छ ।
स्थिति यति रफ्तारले बदलिन्छ कि,म रनभुल्लममा पर्छु । कहाँ चिया र कहाँ रक्सी । नजर घुमाउछु,टेबल न-१,२ र ५मा रक्सी उम्लिदैछ,खै त टेवल न ३ ? अनुमान लाउछ सायद भित्र कतै कुनै कुरुप ऐतिहासिक समय त्यही टेवल नं ३ सपनाको पेग लाउदै होला विपनाको सुकुटीमा लपेटेर ।
फेरि अनुमान लाउन खोज्छु कति खेर त्यो चियाघर ,यो भट्टी घरमा रुपान्तर भैएछ । कस्तो जादु यो छ यो घरमा,यो सहरमा।हेर्छ टेबल नं ०४ नै रहेछ बसेको टेबल,म केही ढुक्क झै हुन्छु ।
सामान्तरमा बसेका कवि र कलाकार हातमा गिलास लिन्छन,ठोकाउछन् र चित्रकार चिच्याउछ- ह्याप्पि बर्थ डे,,!

जन्मोत्सव कस्को?
आश्चर्यमा परी कवि र म उ तिर प्रशनात्मक नजर लाउछौ ।

चित्रकार- माई डियर कवि,कोही न को ही त जन्मेका होलान,जन्मदै होलान, यस पल यस क्षण,तिनैको जन्मको खुशीमा पिउन आज,कि कसो मिस्टर म ?
उ मति फर्कि मुस्कराउछ
म-मेरो पिडामा मात्र पिउने बानी छ ।
चित्रकार-ntresting!!!उसो भए यसो गरौ !
म- कसो गरौ?
कलाकार-मिस्टर म तपाईं चै यसो गर्यनुहोस।यस पल,यस क्षण कोही न कोही मरेको वा मर्दै होला त्यही पिडामा पिउनुहोस।म मुसकुराउछु र हस् संकेत ले गिलास उचाल्छु ।

चित्रकार-interesting पिडामा मुस्कान वा क्या कलात्मक पिडित मुस्कान ।

कवि- कुरा गर्न निकै माहिर भए छौ ।

चित्रकार-intresting!!!समयको लिला हो सब।

कवि-यो लिलाको हो?हाँहाँ खेर अचेल के गर्छौ ?
चित्रकार-किताब पढ्छु ।
कवि-पढ्न पो थालेउ ?
कुन किताब ?

चित्रकार गिलास उठाउछ र एक सासमै रित्याउछ अनि गिलास तिर संकेत गर्दै भन्छ-भर्खरै पढे एक गिलास किताब ।
उ जुरुक्क उठ्छ,एन्टिक झोला बाट एक रोल क्यानभास निकाल्छ र मेरो हातमा हस्तान्तरण गर्छ र गर्विलो स्वरमा भन्छ-अो मिस्टर म,यो तिमीलाई उपहार,मरो तर्फ बाट ।
यसमा तिमी आफ्नो वर्तमान लेख्नेछौ ।
म चकित नजर कवि तिर लाउछु,उ समान्यतया असामान्य तबरले मुस्कुराई बोल्छे-वा लेख्न सक्छौ युगको मृत्यूकाव्य ।

चित्रकार झोला भिर्छ,कवि(यत्री)लाई अंगालो हाल्छ फेरि भटौला भनी विलय हुन्छ ।

म हातमा सेतो क्यानभास र आधा गिलास किताब अोठ छेउ अडाएर अवाक ती गए तिर हेरी रहन्छु,,
कवि र कलाकारको आकार बिस्तारै घुमिल हुन्झ । चित्रकारको उपहार टेवलमा बिछाउछु, माथि आधा गिलास किताब राख्छु ।

यसपल सहरको कुनै गुमनाम भट्टीमा म सेतो क्यानभास सँग चुपचाप मौन संवाद गर्दै छु ।
तपाई छेउको टेवलमा बसी पिउदै हुनु हुन्थ्यो , मलाई जहाँ सम याद छ तपाईंले पनि उसको र मेरो कुरा चाख पुर्वक सुनेको हुनुपर्छ।
सम्वाद यस प्रकार थियो सायद
क्यानभास-अो मिस्टर म त पनि सेतो हृदय थिस म जस्तै।मेरो अनुमति बिना जसरी त आफ्नो टुटेफुटेको भावनाहरु कुचीले चोपेर जबर्जस्ती पोत्छस मेरो सादा मनमा हो! त्यसरी नै त मा पनि पोत्दैछ संस्कृति,रितिरिवाज,जिम्मेवारीको कुचीमा जबर्जस्ती माया,मोह,घृणा ,प्रेम,सम्मोहनका अनेक रङ्ग तेरो मनमा । हेर्नु अनि सजाइरहेछ त जस्तै करोडौं अनुहार सामजिक कुरुप सभ्यताको भित्तामा।वेअर्थी मुल्यांकनको आधारमा खोक्रो जिउदो पनको ट्याग भिराई ।
तर भावले भिजेको क्यानभासको भाव सेमेट्छु प्याला भरी अनि स्वाट्ठ पार्छु निर्लज्ज भै बाध्यताको सितन चपाउदै र फुत्त निस्कन्छु भरी प्याला बोकी ।

अहिले म त्यहाँ छिरेको छु जहाँ अक्सर प्रकाश छिर्न डराउछ।सहरका आदिम गल्ली ।
तर अचम्म यो कस्तो छाया ? उज्यालो छाया!!!
जो मेरै आकृतिमा हिड्दै छ म सँगै ।म रोकिन्छु,उ रोकिन्छ ।
म- को हौ तिमी ?
उ- म म हु ।
म- म पनि म हु ।
उ- हैन तिमी म हौ ।
म- तिमी म भए म को हु ?
उ-के जानू म ? तिमी त्यही खोज्न हिडेका हैनौ र ?
म घोर आस्चार्यमा पर्छु,
म कहाँ हरायो, के म म हराएरै हिडिर छु यस पल सम्म?
आखिर मैले मलाई, आफुलाई गुमाए त कहाँ ?
कुन सडक, कुन सहर, कुन गल्ली कुन घर कुन माटोमा हरायो म ?
कुन भुगोल, कुन परिवेस, कुन सिमानामा छुट्यो म ?
कुन पल, कुन समय, कुन घडीमा मा गुमाए आफुलाई ?

अन्योलमा रहेको म आबेगमा प्याला फ्याक्छु,फुट्छ , छरपस्ट हुन्छ ।
उ बिचमा बोल्छ-हेलो मिस्टर म ,प्याला त ऐना झै हो । प्रतिविम्ब हो,ऐना फुटाउदैमा अनुहार,छवि सुन्दर हुन्छ र ?
बरु सक्छौ भने फ्याक खोक्रो जिउदो पन । र हेर आफुलाई अनि बिलुप्त हुन्छ ।

हेर्छु अाफुलाई केवल संकृनता,अहमता,अहंकार ,लालसा,महत्वाकांक्षाले भरी पुर्ण मगज भएछु।मलाई आफ्नै उपस्थिति प्रति,अबस्था प्रति घृणा पलाउछ ।

अध्यरो बाट अचानक चित्रकार देखा पर्छ,यो के?उ बेलेको छ धप्प,सर्वाङ्ग नग्न,उस्को आलिङ्गनमा छे नग्न कवि (यत्री) बलेकी छे उ पनि ।देखा पर्छ नग्न काल युवक तर पित उज्यालो छ उस्को देह।देखा पर्छ दरिद्र भिकारी बलेको नग्न छ उ पनि । कतै बाट एकोहोरो तानपुराको आवाज आउदै छ मगजलाई खिज्याउन ।
सवै नग्न तेज देहहरु सुस्तरी मेरो नजिक आउछन् । खप्परमा प्रश्नहरु एक फन्को लाउछ । मेरो भयवित प्रशनात्मक अनुहार देखेर चित्रकार छेउ आइ बोल्छ-नडराउ हामी तिमी हौ ।
म हु तिम्रो मन!
यी कबि हुन तिम्रो स्मृति
उ काल युवक तिम्रो छाया
र उ बुडो भिकारी तिम्रो अाशा
र तिमी हौ वर्तमान ।
यथार्रतमा my dear mr म हामी मुर्दा हौ ।

म आफु मुर्दा झै लाग्छ,जस्को आफैमा नियन्त्रण छैन,जसको अस्तिवको आभाष म आफैलाई छैन ,जो केबल जीवन र मृत्युु को घेराबन्दीमा सकिन्छ,जो अनिस्चयको फन्को मै सकिन्छ ।म एक म झै म लाई नियाल्छु,र सामु मुस्कुराईरहेका मेरो म/ हामीहरु लाई नियाल्छु।

म चिच्याउछ-ए मेरा छरपस्ट म हरु अब म जिउदो हुन चाहन्छु ।

चित्रकार विजयी स्वरमा सम्बोधन गर्छ-आउ मिस्टर म!!!समाहित हौ हामी आउ हामी आफुमा समाहित हौ आउ अब जिउदो हौ हामी।प्रख हामी तिमी भित्र छिर्छौ ।

म जड हुन्छु,म खालि हुन्छु । केही विचार मोह माया,आबस्यक्ताका केही निसानी भट्दिन मनमजगमा ।
अचानक सबै नग्न देहहरु धुप झै उज्यालो हुन्छन्,गल्ली सम्पुर्ण उज्यालो हुन्छ र सम्पुर्ण उज्यालो मेरोछाती हुँदै मुटु भित्र पस्छ ।

(सहर अचानक एक हल्ला धुवा भन्दा बाक्लो गरी फैलिन्छ कुनै आदिम गल्लिमा एक नवचित्रकारको शव भेटिएछ सँगै भेटीएछ कलात्मक अक्षर लेखिएको क्यानभास र लेखिएको कुरा यस प्रकार थियो)
रशिक राज

म…………….. बिस्तारै जन्मै देखि अद्रिस्य चितामा मन्द निदाइरहेको एक झिङ्गे मानुष।