सरस्वती खडका परियारको मौलिक तिजी कोशेली “माइती घर” भिडियो सहित

बागलुङ, २८ असार
नेपाली नारीहरु महान चाडको रुपमा मानिने हरितालिका तिज नजिकीदैँ गर्दा बजारमा विभिन्न प्रकारका गीतहरु बजार आएका छन । कति त आउदैँ पनि छन । देश धेरै जसो रेकर्डिङ स्टुडियोहरु पनि निकै व्यस्त छन । जति तीजी गीतहरु बजारमा आएता पनि तिजी गीतको महत्व बोकेर आउदैनन् ।
तर कलाकार सरस्वती खडका परियारले यसपालीको तिजीको कोशेलीको रुपमा फरक मौलिक गीत बजारमा ल्याउनुभएको छ । शब्द रचनामा निकै फरक पहिचान बनाउन सफल स्रजक शिव अखेलीको उत्कृष्ट शब्द सृजना, गायक बावुकृष्ण परियार र गायिका सरस्वती खडका परियारको सुमधुर आवाजमा रहेको छ भने बावुकृष्ण र अञ्जु रामधामको लय रहेको छ ।
जव चेली माइती घर छाडेर पराई घर जाने अनि विविध सेवा सुविधाका लागि बजारमा वस्ने प्रचलनले गाउ घरका पुराना ऐतिहासिक महत्व बाकेका घरहरु पाती र बनमाराले ढाक्ने गरेको यथार्थतालाई गीतमा समावेश गरिएको सज्रक शिव अखेलीले खवर वे लाई बताउनुभयो ।
समसामियिक विषयबस्तु संग जोडिएको गीत गाउन पाउदाँ निकै खुशी भएको गायिका सरस्वती खडका परियारले बताउनुभयो ।
दाजु भाईले आमावावु लएर
उतै बसे परदेशमा गएर
फेशवुकमा साथीले राखेको
फोटो हेरी रुन लाग्यो बाई  माइती घरलाई पातीले ढोकेकोगायतका शव्द रहेका छन । गीत फरक मौलिक भएका एक पटक सुनेर, हेरेर प्रतिक्रिया दिन समेत आग्रह गर्नुभएको छ । परियारले यस भन्दा अघि पञ्चेबाजा बजार ल्याउनुभएको छ । मेशना डिजिटल प्रालिको प्रस्तुति रहेको म्युजिक भिडियोमा रिना थापा र गायक बावुकृष्णले अभिनय गर्नुभको छ । एकीन्द्र सारा शंकरले निर्देशनमा करण चौसिरका छायाँङकन र दिपक विष्टको सम्पादन रहेको छ ।
भिडियो हेर्नका लागि