२६ आषाढ २०७४, सोमवारको राशीफल

२६ आषाढ २०७४, सोमवारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ काम प्राप्त हुनाले मन उत्साहित हुनेछ । सोचेको काम सजिलै सम्पादन हुनेछ । परिवारसंग मनमुटाब हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्नेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सोचे भन्दा आम्दानी बढ्नेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । सोचेको आटेको काममा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयास गरेको काममा सफलता मिल्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा केही चुनौती आउनेछ । सहयोगीहरूले काममा सहयोग गर्नेछन । आम्दानीका श्रोतहरु फेला पर्नेछन । मन प्रसन्न रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आयआर्जन पनि राम्रै हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । पारिवारिक सम्बन्ध सुदृढ रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम गर्ने मौका मिल्नेछ । परिश्रमको प्रतिफल राम्रो मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । लेनदेनमा विवाद बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाईको सहयोगले मनग्य फाइदा उठाउन सकिनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रयासहरु सकारात्मक रहनेछन । काममा बिभिन्न अवसरहरु मिल्नेछन । साझेदारी काममा विवाद बढ्ने देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नोकरी तथा व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आस मारेको काम बन्नाले उत्साह जगाउनेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ । नयाँ काम बन्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सुखदु:खमा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन । परिवारजनको साथले काम गर्ने उत्साह बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

हाम्रो पात्रो अनलाईनबाट साभार ।