
२५ आषाढ २०७४, आइतवारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरायसी समस्या बढ्नेछ । अरूको विश्वास घट्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएका अधुरा कामहरु सफल हुनेछन । कामको प्रशंसा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक संकट बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । आम्दानीका स्रोतहरू फेला पर्नेछन् । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरायसी काममा रुची बढ्नेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक व्यापारमा सुधार आउनेछ । शत्रुहरु बढ्नेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्यमा प्रगति हुनेछ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । प्रशंसा बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पढाईको लागि विदेश जाने मौका मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ । शारीरिक आलस्य बढ्नेछ । बुद्धि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सोचेको आटेको काममा सफलता मिल्नेछ । अल्झनमा परेका कार्यहरू नियमित हुनेछन् । समाजमा सम्मान प्राप्त हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्राविधिक क्षेत्रमा प्रगति हुनेछ । कलाको क्षेत्रमा सुधार आउनेछ । प्रियजनको सहयोगमा महत्वपूर्ण कामहरु सुचारु हुनेछन ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अध्ययन अध्यापनमा सुधार आउनेछ । भाग्योदय हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । सोचे भन्दा धेरै खर्च हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
निर्णायक क्षमता बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । भाग्यले साथ दिनेछ । प्रयासहरु सकारात्मक रहनेछन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा सुधार आउनेछ । कृषिकामबाट फाइदा हुन्चेछ । नयाँ साथी बन्नेछन् । पतिपत्नीबीच प्रेम बढ्नेछ । सुख प्राप्त हुनेछ ।
हाम्रो पात्रोबाट साभार










