२३ आषाढ २०७४, शुक्रवारको राशीफल

२३ आषाढ २०७४, शुक्रवारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरूलाई सजिलै हराउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । बैदेशिक रोजगारीमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक मानसम्मान प्राप्त हुनेछ । भेटघाटमा मन रमाउनेछ । अरूको मन जित्न सकिनेछ । पहिलेका समस्या दोहोरिन सक्छन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शारीरिक कमजोरी रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनग्य धन कमाउने अवसर मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ । सोच्ने शक्ति बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक मानसम्मान र प्रतिष्ठा मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयासहरु सकारात्मक रहनेछन । कृषि काममा प्रशस्त लाभ मिल्नेछ । साझेदारी काममा केहि उल्झन आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ । नसोचेको काम बन्नाले मन खुसि रहनेछ । लेनदेनमा विवाद बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समाजमा बोलीको प्रभाव बढ्नेछ । आफन्तसँग सम्बन्धमा सुधार आउनेछ । राजनीतिक काममा विवाद बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अध्ययन अध्यापनमा आंशिक सुधार हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । सञ्चार क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साथीभाईसंगको भेटघाटमा मन प्रसन्न रहनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । व्यवसायबाट सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन ।

हाम्रो पात्रो अनलाईनबाट साभार ।