गजल

पर्‍यो ऊ धुपौरे सधैं धूप बाल्छ!
मिलेदेखि नौनी मजाले पगाल्छ!

कतै लुक्न सक्दैन कालै छ कर्तुत
लगाए नि पर्दा गगनले नियाल्छ !

जसै पुग्न थालें म आधी शिखरमा
लगाएर अंकुश सखाले खसाल्छ!

उडौँ सोच्छु एक्लै बनी फेरि चङ्गा
पुगे माथि धागो पवनले चुँडाल्छ!

बगुन बग्न देऊ नयन आज प्यारा
खुसी छैन पीडा पखाले पखाल्छ !

बुझेका बसे चुप अबुझ उफ्रिए ती
अबुझले अनेकौं बखेडा निकाल्छ!
राम कँडेल अधीश
काँठेखोला गाउपालिका–६ बाग्लुङ
हाल दक्षिण कोरिया