गजल–संघर्षी

पासो विधानको हो राखिन्छ हर कदममा
उन्मुक्त हुन्न कोहि बाँधिन्छ हर कदममा

यी मोड मोड आफै गम्भीर बन्न पुग्छ्न्
संयम रहन्न मन यो रौसिन्छ हर कदममा

उडोस् रवाफ माटो जस्तै, नहोस् हलुङ्गो
अस्तित्व मेट्न दुनियाँ तौलिन्छ हर कदममा

आभास हुन्छ भेटें गन्तव्य छुट्टिएको
जब खुड्किलो बढ्दै अग्लिन्छ हर कदममा

छोडे मात्र निशाले केही घडी उभिन्छ
ब्यर्थै उही सहारा सोचिन्छ हर कदममा

राजीव ‘संघर्षी’
बा.ना.पा–४