१८ आषाढ २०७४, आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । काममा विभिन्न अवसरहरु मिल्नेछन । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । प्रयासहरु सकारात्मक रहनेछन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अध्ययनमा समय दिन सकिनेछैन । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । रमाइलोमा समय बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका समस्या दोहोरिन सक्छन । परिवारसँग आत्मीयता बढ्नेछ । दाम्पत्य जीबन सुखमय बन्नेछ । मन खुसि रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग असमझदारी बढ्न सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरेको काम बन्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पतिपत्नीमा केही असमझदारी बढ्न सक्छ। सामाजिक दायित्व बढ्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अर्थ अभावले योजना स्थगित हुन सक्छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछन । पढाई लेखाइमा रुची बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लेनदेनको विवादले हानि पुर्याउन सक्छ । काममा साथ दिनेहरू बढ्नेछन । समाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्नेछ । सोचेको आटेको काममा फाइदा हुनेछ । बोलीको प्रभाव बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बाध्यताका काममा अलमलिनुपर्नेछ । आफ्नो काममा बर्चस्व बढाउन सकिनेछ । परोपकारी काममा रुची बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा समस्या आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । नयाँ काम शुरु गर्ने मौका मिल्नेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ ।

हाम्रो पात्रो अनलाईनबाट साभार ।