गजल

विनोद विवश

आज फेरी खै कुन आसमा निस्किएको छ
मेरो दिल तिम्रो तलासमा निस्किएको छ

त्यो फूललाई पनि जोगिएर बस्न भनिदिनु
एउटा भमरा पूरै बिन्दासमा निस्किएको छ

यसरी कहिले मौका पाउने हो युवाहरुले ?
जो हेर्छु, उही अवकासमा निस्किएको छ

मगमग मगमगाइरहेछ किन यो सहर पनि
कोही शृङ्गार गरेर बतासमा निस्किएको छ

यत्रो वर्षसम्म देश पाल्यो, नेताहरू पाल्यो
जहान पाल्न ऊ प्रवासमा निस्किएको छ

जैमिनी ०१, बागलुङ