
पर्वत, ११ असार
धौलागिरी कला तथा साहित्य मञ्चले शनिवार मासिक रचनावाचन डबली अन्र्तगतको पाँचौ श्रृङखलाको कार्यक्रम गरेको छ । कार्यक्रममा साहित्यकारहरु आ–आफ्ना शैलीका रचनामा मग्नमुग्ध बन्दै शव्दमा ठेल मठेलका साथ रचना वाचनमा व्यस्त थिए ।
नवरसको भावमा बहेका रचनाहरुमा राष्ट्रवाद, श्रृङगारिक, सामाजिक, प्रेमिल, हाँस्य व्यङ्ग, विकृति विसंगतिको विरोध, नारी आवाज जस्ता काव्यहरुले स्थान ओगटेका थिए । रचना वाचनमा युवा साहित्यकारहरु लालहित थिए भने बुढ्यौली लागेका साहित्यकारहरु त्यसको प्रसंशा गरिरहेका थिए । साहित्य डबलीको उक्त कार्यक्रममा पर्वत साहित्य संगमका संस्थापक संरक्षक ईन्द्र कुमार ‘विकल्प’ ले साहित्यले जीवन र जगतलाई यथार्थमा बदल्न मुख्य भुमिका निर्वाह गरेको बताउँदै नयाँ पुस्ताको उत्साहलाई हौसला प्रदान गरे ।
पर्वत, वाग्लुङ्ग र म्याग्दीका दर्जनौ साहित्यकारको उपस्थितिमा भएको उक्त कार्यक्रममा साहित्यकारहरु ईन्द्रमान खत्री, गोविन्द भुसाल, राजेन्द्र पहाडी, शंकर गिरी, डि।आर। शर्मा, याम केसी ढुङ्गाना, निर्मल पौडेल ‘एन पि घायल’, शंकर चोखाल, गितकार मान जि सुरागम, स्वास्थ्यकर्मी सम्राट पौडेल, संगिता सुवेदी, मगर प्रेम, अभिष्ट केसी ‘शुभाविन्द’, सिर्जना कार्की, तनमती रोका, याम रोका मगर ‘चिन्तन’, ठाकुर रसाइली, कस्मिक सुवेदी लगायतका साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
धौलागिरी कला तथा साहित्य मञ्चको आयोजनामा आयोजित कार्यक्रममा शुक्रराज ढुङ्गानाको ‘नयाँ नेपालका नयाँ पाईला’ कविता संग्रह दोस्रो कृतिको विमोचन गरिएको थियो । कार्यक्रममा साहित्यकार ईन्द्रकुमार विकल्प नमुना आवासिय माविका अध्यक्ष यम प्रसाद शर्मा र नमुनाका प्रिन्सिपल इन्द्रमान खत्रीले उक्त कृतिको विमोचन गरेका थिए ।
पर्वतको नमुना आवासिय माविमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता धौलागिरी कला तथा साहित्य मञ्चका उपाध्यक्ष शंकर चोखालले गरेका थिए । उक्त कार्यक्रमको स्वागत धौलागिरी कला तथा साहित्य मञ्चकी पूर्व सह–कोषाध्यक्ष सिर्जना कार्की र सञ्चालन सञ्चारकर्मी दिपेश विश्वकर्माले गरेका थिए भने कार्यक्रमको संयोजन आयोजित संस्थाका संस्थापक सल्लाहकार एवं पत्रकार निर्मल पौडेल ‘एन पी’ घायलले गरेका थिए ।










