९ असार २०७४ को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रयाश गरेको कामहरु सफल हुनेछन । ठुला व्यक्तिको सहयोगमा महत्वपूर्ण काम शुरु हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बिग्रिएको सम्बन्ध सुधार्ने मौका मिल्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । घरायसी काममा झमेला आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा विभिन्न अवसर प्राप्त हुनेछन । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । शत्रुहरु पराजित हुनेछन । मन खुसि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइ लेखाइमा प्रगति हुनेछ । टाढाको यात्रा गर्ने अवसर मिल्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी धेरै हुनेछ । बिनाकारण विवाद बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साझेदारी काममा झमेला आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । दाजुभाईको सहयोगमा नयाँ काम संचालन गर्ने मौका मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरासयी काममा रुची बढ्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । दाजुभाईसंग मनमुटाब हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सोचेको आटेको काममा सफलता मिल्नेछ । शुभचिन्तकहरूले साथ दिनाले रोकिएका अधुरा काम सुचारु हुनेछन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
समाजमा बोलीको प्रभाब बढ्नेछ । आर्थिक समस्याहरु हराएर जानेछ । साथीभाईको सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लामो समयदेखि रोकिएका अधुरा कामहरु सफल हुनेछन । काममा दिदीबहिनीको सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

हाम्रो पात्रो अनलाइृनबाट साभार ।