संचारकर्मी विक्रम सुनार परदेशी खाडीमा मायालुलाई सम्झेर काल्टेफेर्दै

बागलुङ, ६ असार
विगत तीन वर्षदेखि संचारकर्मीका रुपमा कार्यरत विक्रम सुनारको स्वरमा दोस्रो लोकदोहोरी गित बजारमा आएको छ ।
जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीमा जन्मिएर बागलुङ बजारलाई कर्मथलो बनाइ पत्रकारीता गरिरहेका सुनारको स्वरमा सजिएको परदेशीको पिडा नामाक लोकदोहोरी गित आत्मविश्वास फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको छ ।
गरिवीले विदेशीयका नेपालीहरुले विदेशमा रहँदा आफ्नो मायालुलाई रातदिन सम्झने गरेको र मायालुले पनि गाउँघरमा सधै विदेशीयका प्रियलाई सम्झने गरेको कुरा गीतमा व्यक्त गरेका छन् ।
आफ्नो देशमा रोजगारीको अभावले विदेशीएका नेपालीहरुले विदेशमा रहँदा मायालुलाई गाउँमा हुँदा सँगै डुलेका र सँगै काम गरेका कुराहरु गीत मार्फत व्यक्त गरेका छन् ।
उक्त गीतमा संचारकर्मी सुनार र दुरपती मुश्कानको स्वर रहेको छभने लय शब्द दुर्गा विरहीको रहेको छ । उक्त गीतमा मोडलिङ दुर्गा विरही, मनोज श्रेष्ठ र नुना अर्यालले गरेका छन् ।
संचारकर्मी सुनारले अर्को रोइला गित पनि बजारमा चाडै आउने जानकारी दिनुभयो । उहँले गीत रेडर्क भैसकेको र भिडियो गर्न बाँकी रहेको बताउनुभयो । सुनारले विभिन्न मेला महोत्सवहरुमा आफ्नो प्रस्तुती दिइसक्नुभएको छ ।