
राजेशचन्द्र राजभण्डारी
बल्ल जवानी चढेकाे छ
बागलुङको बिजुली लाई
दिनहुँ पटकपटक आँखा
झिम्काउने बानी परेको छ
उसलाई खै के कारण हाे
थाहा छैन कसैलाई पनि
नब युवती जस्तै भर्खरै
उसलाई जवानी चढेकाे छ
सायद त्यहीँ भएर हाेला
पटक-पटक आँखा झिम्काउने
बानी हाे कि राेग हाे
अहिले सम्म न त डाक्टरले
केही भन्न सक्छ
न त कुनै अाैषधी नै गर्न सक्छ
कति अचम्मकाे राेग लागेकाे छ
बागलुङको बिजुली लाई
दिनमा सयाै पटक-पटक
अाखा नसन्काए सम्म
उसलाई खाएकाे पच्दैन
उसको बानी ब्यहाेरामा
सुधार भएन भनी जतिसुकै
उजुरी गरेपनि
केही उपचार गराउन सक्दैन
साच्चै भन्ने हाे भने
अहिले बागलुङको बिजुली
साच्चै भन्दा एडिक
भएको छ जुन नसा लाई उसले
सजिलोसँग छाेड्न सक्दैन
उसकाे बानीले पुरै बागलुङ
बासिलाई असर गरिरहेकाे छ
खै कहिले हुन्छ सहि उपचार
हाे अब उसकाे राम्रो उपचार
हाेस भनेर
उसकाे पटक-पटक आँखा
झिम्काउने राेग निकाे हाेस
भनेर पुरै बागलुङबासिले
भगवान कालिका माता संग
प्राथना गरि रहेका छन्
देशभर जताततै लाेडसेडिङ
मुक्त भए पनि
बागलुङकाे बिजुलीलाई
भने राेग सेडिङले छाेएकाे छ
हाे
बल्ल बागलुङको बिजुली
लाई जवानी चढेको छ










