जापान रहेका गायक खड्काको नयाँ लोकदोहोरी गित बजारमा

बागलुङ, ६ असार
केपी कुमार जनल
जिवनभर संग संगै हिड्ने बाचा गरी कसम खाएका मोडल सज्जान हमाल र आशा तामाङ लाई विच बाटोमा नपुग्दै ठेस लागे पछि तनावमा परेका छन परिस्थीले यस्तै वनायो कि या अर्के मायालुको साथ खोज्दा ठेस लाग्यो यो भने हेर्न वाकी छ गितमा भनिएको छ वुझ्न तिमले सकिनौ मेरो मन¸सम्झि लेउदा पोल्छ यो मुटु झन¸अव एक्लै जिउन वेष लाग्यो¸हिड्छु भन्थे जिवनभर संग संगै बिच बाटोमा नपुग्दै ठेष लाग्यो¸ भन्दै मोडल सज्जान हमालले बिलौना गरेका छन भने मोडल आशा तामाङ पनी यस्तै बिलौना गर्न पुगेकी छिन सोच्दा तिमले मायालाई खेलसरी¸बगे आसु बर्खेको भेल सरी¸तिमले मलाई मार्न आटेनी¸तिमले जिवन हासेर बिताउनु मैले रुदै दिन काटेनी¸ हो माया लाई खेल सोच्दा जिवनभर पिडा भोग्दा आफुलाई असह्य भएको कुरा मोडल तामाङले बिलौना गरेकी छिन¸पछिल्लो समयमा निकै चर्चा कमाउन सफल प्रदेशी गायक सुर्य खड्का र चर्चित गायिका टिका पुनको सुमधुर आवजमा रहेको यस गित हमाल म्युजिक प्रा.लि.मार्फत तिलक वोहोराले बजारमा सार्वजानिक गरेका हुन । आयुष मगरको लय तिलक वोहोराको शव्दमा रहेको यस गितमा मोडल सज्जान हमाल र आशा तामाङ र वाला दुराको मुख्य अभिनय रहेको छ ।
चर्चित निर्देशक कपिल लामाको निर्देशनमा रहेको यस गितले दर्शक श्रोताको अपार माया पाउनेमा प्रदेशी गायक सुर्य खड्का ढुक्का छन ।